अमेरिका पठाइदिन्छु भनेर १ करोड ठगी गर्ने पक्राउ



प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

अमेरिका पठाइदिने प्रलोभन देखाएर करिब १ करोड ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको शहिदलखन गाउँपालिका ७ का ३७ बर्षीय सुरेन्द्र बि क लाई प्रहरीले पक्राउ गरेको हो ।

उनले १ जनाबाट ९७ लाख ५४ हजार रुपैया अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको जिल्ला प्रहरी परिषर काठमाण्डौले जनाएको छ । उनलाई प्रहरी काठमाण्डौ १४ बाट पक्राउ गरेको हो ।

प्रहरीले सल्यान छत्रेश्वरी ६ का २५ बर्षीय सुनिल दसौदी , काभ्रे पाँचखाल ५ का ३१ बर्षीय बिकास दवाडी र काठमाण्डौ गोकर्णेश्वरकी २४ बर्षीया विशाखा पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दसौदीले सर्बिया पठाइदिने भन्दै एकजनाबाट २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिन्छु भनेर २ जनाबाट ३ लाख र पौडेलले कुवेत पठाइदिन्छु भनेर १ जनाबाट १ लाख ६० हजार ठगी गरेको प्रहरीले बताएको छ ।

उनीहरु ४ जनाले फरक फरक व्यक्तिहरुबाट १ करोड २४ लाख ठगी गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाण्डौका प्रहरी उपरिक्षक सुचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School