अमेरिका-चीन व्यापार वार्ता : अमेरिकी अर्थमन्त्रीको अस्पष्टता, बेइजिङद्वारा पनि अस्वीकार



प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई समर्थन नगरेर विश्वको ध्यान खिचेका छन्। ट्रम्पले चीनसँग ट्यारिफ वार्ता भइरहेको र उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी गरेको बताएका थिए। तर, बेसेन्टले यस्तो कुराकानी भएको आफूलाई थाहा नभएको र वार्ताको पुष्टि गर्न नसक्ने बताए।

ट्रम्प प्रशासनले गत हप्ता विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्धलाई कम गर्ने संकेत दिएको थियो। यो व्यापार युद्धले विश्वव्यापी मन्दीको डर बढाएको छ। तर, बेइजिङले कुनै पनि व्यापार वार्ता भइरहेको स्पष्ट रूपमा अस्वीकार गरेको छ।

बेसेन्टले गत हप्ता वाशिङ्टनमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा आफ्ना चिनियाँ समकक्षीहरूसँग भेट भएको स्वीकार गरे। तर, उनले ट्यारिफबारे कुनै छलफल नभएको बताए। ‘हामीले वित्तीय स्थिरता र वैश्विक आर्थिक चेतावनी जस्ता परम्परागत विषयमा कुराकानी गर्‍यौं’, उनले एबीसीको ुदिस विकु कार्यक्रममा भने।

अमेरिका-चीन व्यापार वार्ता : अमेरिकी अर्थमन्त्रीको अस्पष्टता, बेइजिङद्वारा पनि अस्वीकार

अमेरिका-चीन व्यापार वार्ता : अमेरिकी अर्थमन्त्रीको अस्पष्टता, बेइजिङद्वारा पनि अस्वीकार

उनले थपे, ‘राष्ट्रपति ट्रम्प र सी जिनपिङबीच कुराकानी भयो कि भएन, मलाई थाहा छैन। तर, उनीहरूको सम्बन्ध राम्रो छ र एकअर्काप्रति सम्मान छ।’

चीनले वार्ता भइरहेको किन अस्वीकार गरिरहेको छ भन्ने प्रश्नमा बेसेन्टले भने, ‘उनीहरू फरक दर्शकलाई सम्बोधन गरिरहेका छन्।’

उनले बेइजिङसँग ट्यारिफ वार्ता लामो र जटिल हुने यसअघि नै बताइसकेका छन्। तर, सम्भावित सम्झौताको समयसीमा भने उनले खुलाएनन्।

उनका अनुसार, पूर्ण व्यापार सम्झौतामा महिनौं लाग्न सक्छ, तर तनाव कम गर्ने र सैद्धान्तिक सहमति चाँडै हुन सक्छ। यस्तो सहमतिले ट्यारिफलाई अधिकतम स्तरमा पुग्नबाट रोक्नेछ।

ट्रम्पको ट्यारिफ नीतिले क्यानडा, मेक्सिको र चीन जस्ता प्रमुख व्यापार साझेदारहरूलाई प्रभावित गरेको छ। यसले विश्व बजारमा अभूतपूर्व अस्थिरता निम्त्याएको छ र अमेरिकी सम्पत्तिमा लगानीकर्ताको विश्वासमा गम्भीर क्षति पुगेको छ।

अमेरिका-चीन व्यापार वार्ता : अमेरिकी अर्थमन्त्रीको अस्पष्टता, बेइजिङद्वारा पनि अस्वीकार





Source link

Leave a Comment