अमेरिका आउने नेपाली भिजिटर संख्यामा ३७ प्रतिशतले गिरावट



प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

अमेरिका आउने नेपाली भिजिटर संख्यामा ३७ प्रतिशतले गिरावट

एआईको प्रयोगबाट बनाइएको तस्वीर ।

अमेरिका आउने नेपाली भिजिटरहरुको संख्या अगस्तमा यो बर्षकै उच्च देखिएको पनि गतबर्षको अगस्तसँग तुलना गर्दा भने ३७ प्रतिशतले गिरावट आएको छ । अगस्तमा ५ हजार ८ सय ७९ जना नेपालीहरु भिजिटरका रुपमा अमेरिका प्रवेश गरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ कमर्शको तथ्यांकले देखाएको छ ।

जुलाईमा ३८४६, जुनमा ३१५१, मेमा ३८७३, अप्रिलमा २५५३, मार्चमा २४८०, फरबरीमा १८७३ र जनवरीमा ४०५१ जना नेपालीहरु भिजिटरका रुपमा अमेरिका प्रवेश गरेका थिए । गतबर्षको सोही महिनाहरुको तुलना गर्दा जनवरीदेखि अगस्तसम्म हरेक महिना नेपाली भिजिटरको संख्यामा ११ प्रतिशतदेखि ३७ प्रतिशतसम्म गिरावट आएको छ । यो गिरावट सन् २०२४ को डिसेम्बरदेखि नै आउन थालेको देखिन्छ ।

खासगरी २०२१ को अप्रिलदेखि अमेरिकामा आउने नेपाली भिजिटरहरुको संख्या हरेक महिना अघिल्लो बर्षको महिनासँग तुलना गर्दा बृद्धि नै देखिएको थियो । यो बृद्धि सन् २०२४ को अगस्तसम्म नै देखिएको थियो । त्यसपछिका ३ महिना अघिल्लो बर्षका सोही महिनाको तुलनामा लगभग उस्तै देखिएपनि डिसेम्बरदेखि भने गिरावट आएको हो ।

अमेरिका आउने नेपाली भिजिटर संख्यामा ३७ प्रतिशतले गिरावट

अमेरिका आउने नेपाली भिजिटर संख्यामा ३७ प्रतिशतले गिरावट

हरेक बर्षको अगस्तमा अमेरिकामा भिजिटरका रुपमा आउने नेपालीहरुको संख्या भने अन्य महिनाका तुलनामा उच्च नै रहने गरेको छ । सन् २०२४ को अगस्तमा पनि ९३३९ नेपालीहरु भिजिटरका रुपमा अमेरिका आएका थिए भने उक्त संख्या गतबर्षका अरु सबै महिनाको तुलनामा उच्च रहेको थियो ।

सन् २०२३ को अगस्तमा ६०१० जना नेपालीहरु भिजिटरका रुपमा अमेरिका आएका थिए । यो संख्या पनि २०२३ का अन्य महिनाका तुलनामा बढी हो । २०२२ को अगस्तमा पनि ४९३७ जना नेपालीहरु भिजिटरका रुपमा अमेरिका आएका थिए भने उक्त बर्षको अन्य महिनाका तुलनामा यो संख्या सबैभन्दा उच्च थियो ।

डिपार्टमेन्ट अफ कमर्शको यो तथ्यांकमा एकरातभन्दा बढी अमेरिकामा बस्नेगरी आउने र निश्चित भिसा श्रेणीमा पर्नेहरुलाई भिजिटरका रुपमा बर्गिकरण गरिदै आएको छ भने जारी आई ९४ को संख्याका आधारमा भिजिटरको संख्या निर्धारण गर्ने गरिएको छ । त्यसैले विगतमा अमेरिका आएर अमेरिकाबाहिर गएर फर्कनेहरु र पहिलोपटक अमेरिका प्रवेश गर्नेहरुको विवरण यसमा अलग गरिएको छैन ।

यद्यपी यो संख्यामा बी श्रेणीका भिजिटर भिसा, एफ र एम श्रेणीका विद्यार्थी भिसा, आई श्रेणीका मिडिया भिसा र ई श्रेणीका भिसाहरुलाई समेटिएको छ । अमेरिकामा काम गर्नका लागि आउने गैर आप्रवासी भिसा श्रेणीहरुलाई यसमा समावेश गरिएको छैन । सबै प्रकारका यातायात र पोर्ट अफ इन्ट्रीबाट आउनेहरुलाई यो संख्यामा समावेश गरिएको छ ।

२०२४ मा जनवरीदेखि डिसेम्बरसम्म यसरी भिजिटरका रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या ४८ हजार ५ सय २५ रहेको थियो । यो संख्या विगतका कुनै पनि बर्षहरुको तुलनामा उच्च हो । २०२५ को ८ महिनामा २७ हजार ७ सय ६ जना नेपाली भिजिटरहरु अमेरिका प्रवेश गरका छन् । २०२३ मा नेपालीहरुको यो संख्या ४२ हजार ४ सय ७२ र २०२२ मा ३० हजार १ सय १६ थियो । २०२१ मा १८ हजार ४३६ नेपाली भिजिटरका रुपमा अमेरिका आएकोमा २०२० मा कोरोना महामारीका कारण यो संख्या जम्मा ८ हजार १ सय ३४ थियो ।

अमेरिका आउने नेपाली भिजिटर संख्यामा ३७ प्रतिशतले गिरावट





Source link

Leave a Comment