अमेरिकासंग आणविक वार्ता भइरहेको बेला ईरानी बन्दरगाहमा विष्फोट, १४ जनाको मृत्यु



प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

ईरानको ठूलो बन्दरगाहमा विस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । विष्फोटमा ७५० जना घाइते भएका छन ।

ईरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा ठूलो विस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको हो । त्यहाँ ७५० भन्दा बढी व्यक्ति घाइते भएको ईरानी अधिकारीहरूले बताएका छन्।

यो विस्फोट दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको बन्दरगाहमा भएको थियो ।

अमेरिकासंग आणविक वार्ता भइरहेको बेला ईरानी बन्दरगाहमा विष्फोट, १४ जनाको मृत्यु

अमेरिकासंग आणविक वार्ता भइरहेको बेला ईरानी बन्दरगाहमा विष्फोट, १४ जनाको मृत्यु

विस्फोटले वरपरका भवनहरूको झ्याल र छाना उडेका छन । गाडीहरू ध्वस्त भएका छन । स्थानीय बासिन्दाहरूले ५० किलोमिटर टाढासम्म विस्फोटको प्रभाव महसुस गरिएको बताएका छन् ।

भिडियोहरूमा सुरुमा आगो सल्किरहेको देखिन्छ, जुन क्रमशः ठूलो विस्फोटमा परिणत भएको थियो । विस्फोटपछि मानिसहरू भागिरहेका र केही घाइते सडकमा ढलेका देखिएका थिए ।

एक निजी समुद्री सुरक्षा संस्था ले विस्फोट भएको कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलमा प्रयोग हुने ठोस इन्धन रहेको अनुमान गरेको छ ।

उक्त संस्थाका अनुसार मार्च २०२५ मा सो बन्दरगाहमा ‘सोडियम पर्च्लोरेट’ नामक रकेट इन्धन खन्याइएको थियो।

ईरानी राज्य सञ्चारमाध्यमहरूका अनुसार आगो सल्किएपछि असुरक्षित रसायन भण्डारण कन्टेनरहरूमा फैलिएको थियो । त्यसले ठूलो विस्फोट निम्त्यायो ।

अमेरिकासंग आणविक वार्ता भइरहेको बेला ईरानी बन्दरगाहमा विष्फोट, १४ जनाको मृत्यु

भन्सार कार्यालयले पनि रासायनिक तथा खतरनाक वस्तु भण्डारण डिपोमा आगलागी भएको पुष्टि गरेको छ।

ईरानको राष्ट्रिय विपद् व्यवस्थापन संगठनले यसअघि नै बन्दरगाह प्रशासनलाई रासायनिक वस्तुको सुरक्षासम्बन्धी चेतावनी दिएको थियो ।

शाहिद राजाई बन्दरगाह ईरानको सबैभन्दा आधुनिक टर्मिनल हो । जहाँबाट देशको अधिकांश व्यापारिक ढुवानी गरिन्छ । यो बन्दरगाह होर्मुज जलडमरूमध्यमा रहेको छ ।

जुन तेल ढुवानीका लागि विश्वकै प्रमुख मार्ग पनि हो । यो स्थान बन्दर अब्बास शहरबाट करिब २० किलोमिटर पश्चिममा पर्छ ।

ईरानको राष्ट्रिय तेल कम्पनीका अनुसार विस्फोटको असर देशका तेल प्रशोधन केन्द्र, इन्धन ट्यांक र पाइपलाइनहरूसँग सम्बन्धित छैन ।

ईरानी राष्ट्रपति मसूद पेज़ेश्कियानले घटनाको छानबिन गर्न गृहमन्त्रीलाई सो स्थानमा पठाएका छन् ।

ईरान र अमेरिका बीच आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताका लागि वार्ता भइरहेको समयमा यो विष्फोट भएको छ ।





Source link

Leave a Comment