अमेरिकासँग हुने आणविक वार्ताको नेतृत्व ईरानी विदेशमन्त्रीले गर्ने



प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

ईरानले अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ताका हुन लागेको बताएको छ ।

ईरानी विदेशमन्त्री अब्वास अराध्चीले प्रत्यक्ष वार्ताको संभावना तत्कालका लागि नरहेको भन्दै ओमानमा शनिबार हुने वार्ता अप्रत्यक्ष नै हुने बताएका हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ओमानमा ईरानसँग प्रत्यक्ष आणविक वार्ता हुन लागेको घोषणा गरेका थिए । विदेशमन्त्रीले अमेरिकाले ईरानलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुअघि प्रत्यक्ष वार्ताको संभावना नरहेको बताएका हुन ।

अमेरिकासँग हुने आणविक वार्ताको नेतृत्व ईरानी विदेशमन्त्रीले गर्ने

अमेरिकासँग हुने आणविक वार्ताको नेतृत्व ईरानी विदेशमन्त्रीले गर्ने

अमेरिकाले बल प्रयोगको कुरा गर्दछ हामी बल प्रयोगलाई स्वाकार गर्दैनौं विदेशमन्त्रीले भनेका छन । ट्रम्पले पहिलो कार्यकाल २०१५ मा ईरान र विश्व शक्तिहरूसँग भएको आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

उनले भनेका छन वार्ता सफल नभए ईरान ठूलो जोखिममा पर्ने चेतावनी पनि दिएका छन । अमेरिका र ईरानको कूटनीतिक सम्बन्ध छैन । त्यसैले पछिल्ला महिनामा ट्रम्पले संयुक्त अरब इमिरेट्सको माध्यमबाट ईरानका सर्वोच्च नेतालाई पत्र पठाएका थिए ।

ट्रम्पले सोमबार अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओसँग गरेको भेटमा ओमानमा हुने आगामी वार्ताबारे जानकारी दिएका थिए । तर उनले भने यदि वार्ता सफल भएन भने ईरानको लागि यो एक निकै खराब दिन हुनेछ भनेर भनेका छन ।

मंगलबार वाशिंगटन पोस्टमा प्रकाशित लेखमा ईरानका विदेशमन्त्री अराघ्चीले ईरान गंभीरतासाथ र सम्झौतामा हस्ताक्षर गर्ने दृष्टिकोणबाट संलग्न हुन तयार छ भनेका छन ।

ईरानले अमेरिकी सरकारका चाहनामा गम्भीर शंका गरेको उल्लेख गर्दै उनले ट्रम्पको दोस्रो कार्यकालको शुरुवात मै पुनः लागू गरिएको अधिकतम दबावको कूटनीतिक अभियानलाई यसैको उदाहरण मान्न सकिने बताएका छन ।

अमेरिकासँग हुने आणविक वार्ताको नेतृत्व ईरानी विदेशमन्त्रीले गर्ने

अराघ्चीले ईरानले आणविक हतियार बनाउन नचाहेको स्पष्ट पार्दै आणविक कार्यक्रमको बारेमा केही चिन्ता हुनुलाई अस्वाभाविक मान्न नसकिने बताए ।

विदेशमन्त्रीले भनेका छन अब बल अमेरिकाको कोर्टमा छ । अराघ्चीले ओमानमा हुने वार्तामा ईरानको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने संभावना रहेको छ ।





Source link

Leave a Comment