अमेरिकासँग आत्मसमर्पण नगर्ने जर्मनीको घोषणा, आत्मविश्वासका साथ युरोप अगाडी बढ्ने



प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

जर्मनीले अमेरिकी करका अगाडी आत्मसमर्पण नगर्ने बताएको छ । जर्मनीले अमेरिकी आयात करसँग जर्मनी र समग्र युरोपले आत्मसमर्पण नगर्ने बरु आवश्यक प्रतिकृया दिने बताएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित गाडी र गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि जर्मनीले प्रतिकृया दिएको हो । जर्मनीका अर्थमन्त्री रॉबर्ट हाबेकले युरोपेली संघले अमेरिकालाई दृढ प्रतिक्रिया दिनु पर्ने बताए ।

अमेरिकासँग समर्पण नगर्ने घोषणा गरेको जर्मनीले शक्ति र आत्मविश्वास देखाउनु पर्ने अवस्था आएको र यसको नेतृत्व गर्न जर्मनी तयार रहेको उनले बताए ।

अमेरिकासँग आत्मसमर्पण नगर्ने जर्मनीको घोषणा, आत्मविश्वासका साथ युरोप अगाडी बढ्ने

अमेरिकासँग आत्मसमर्पण नगर्ने जर्मनीको घोषणा, आत्मविश्वासका साथ युरोप अगाडी बढ्ने

अमेरिकी करका बिरुद्ध अन्य प्रमुख विश्व अर्थतन्त्रहरूले पनि प्रतिकार गर्ने प्रतिवद्धता जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति ले यस कदमलाई समयको बर्बादी र असंवेदनशील भन्दै टिप्पणी गरेका छन । क्यानडाले यसलाई प्रत्यक्ष आक्रमण भनेको छ ।

चीनले अमेरिकालाई अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घन गरेको आरोप लगाउदै आएको छ । जापानदेखि जर्मनीसम्मका कार निर्माता कम्पनीहरूको स्टक घटेको देखिएको छ ।

यदि युरोपले क्यानडासँग मिलेर अमेरिकालाई हानि पुराउने काम गरे भने करको दर थप बढाउने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन ।

कर लगाउनु भनेको मूल्यका श्रृंखलाहरूलाई तोड्नु हो । यसले छोटो अवधिमा मुद्रास्फीति प्रभाव सिर्जना गर्नेछ । रोजगारीलाई समेत यसले नष्ट गर्ने संभावना रहन्छ ।

अमेरिकासँग आत्मसमर्पण नगर्ने जर्मनीको घोषणा, आत्मविश्वासका साथ युरोप अगाडी बढ्ने

नयाँ कार करहरू भने २ अप्रिलदेखि लागू हुनेछन् । गाडी आयात गर्दा लाग्ने करहरू अर्को दिनदेखि सुरु हुनेछन् । पार्ट्समा मे वा त्यसपछि कर लाग्न सुरु हुनेछन् ।

अमेरिकाले गत वर्ष लगभग ८ मिलियन गाडी आयात गरेको थियो । मेक्सिको अमेरिकी बजारमा गाडी आपूर्ति गर्ने शीर्ष आपूर्तिकर्ता हो । दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनीले पनि अमेरिकामा कार निर्यात गर्ने गरेका छन्।





Source link

Leave a Comment