अमेरिकासँग अर्को आणविक वार्ता आगामी शनिबार रोममा हुने इरानको घोषणा



प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

इरान र अमेरिकाले आगामी शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताएका छन् ।

लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन चरणको वार्ता गरिसकेका छन् । पश्चिमी देशहरूका अनुसार इरानको युरेनियम संवर्धन आणविक हतियार विकास गर्ने उद्देश्यले बनाइएको हो । तेहरानले उक्त आरोपलाई अस्वीकार गर्दछ ।

ओमानको मध्यस्थतामा अप्रिल १२ मा सुरु भएको वार्ता दुई पक्षबीच वर्षौंदेखिको उच्च स्तरको सम्पर्क हो ।

अमेरिकासँग अर्को आणविक वार्ता आगामी शनिबार रोममा हुने इरानको घोषणा

अमेरिकासँग अर्को आणविक वार्ता आगामी शनिबार रोममा हुने इरानको घोषणा

“वार्ताको अर्को चरण रोममा हुनेछ”, विदेशमन्त्री अब्बास अराघचीले बुधबार मन्त्रिपरिषद्को बैठकपछि भने ।

इरानी अधिकारीहरूले शुक्रबार सन् २०१५ को आणविक सम्झौताका पक्षहरू बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूसँग पनि भेट गर्ने उनले जानकारी दिए ।

यो सम्झौताले इरानको आणविक गतिविधिहरू रोक्ने बदलामा प्रतिबन्धहरू हटाउन आह्वान गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन उक्त सम्झौताबाट पछि हटेको थियो ।

फ्रान्सले युरोपेली त्रिगुटले प्रतिबन्धहरू पुनः लागू गर्नसक्ने धम्की दिएपछि इरानको संयुक्त राष्ट्र मिसनले ‘धम्की र आर्थिक ब्ल्याकमेल’ ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।

“वास्तविक कूटनीति धम्की वा दबाबमा अगाडि बढ्न सक्दैन”, इरानको आइएसएनए समाचार एजेन्सीले बुधबार प्रकाशित गरेको पत्रमा कूटनीतिक मिसनले भनेको छ ।

अमेरिकासँग अर्को आणविक वार्ता आगामी शनिबार रोममा हुने इरानको घोषणा

ट्रम्पले मार्चमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई एउटा पत्र पठाएर इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै वार्ता गर्न आग्रह गरेका थिए ।

जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै ‘अधिकतम दबाब’ प्रतिबन्ध अभियानलाई पुनर्जीवित गरेका छन् ।

तेहरानले जारी वार्तामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

शनिबार ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणमा दुवै पक्षले प्रगति भएको बताएका थिए ।





Source link

Leave a Comment