अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत



प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

COMBO-JAPAN-US-DIPLOMACY

अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत भएको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा कर वृद्धि गरेपछि व्यापार सम्झौता वार्तालाई तीव्रता दिन शुक्रबार भएको आह्वानमा आफू सहमत भएको बताएका हुन् ।

आइतबारदेखि क्यानडामा सुरु हुने जी–७ शिखर सम्मेलनका क्रममा दुई नेताबीच प्रत्यक्ष वार्ता हुने इशिबाले जानकारी दिए ।

अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत

अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत

जापान र अमेरिका दुवैका लागि हितकर हुने सम्झौतालाई साकार पार्ने दिशामा छलफललाई तीव्रता दिन आफू र ट्रम्प सहमत भएको उनले सञ्चारकर्मीसँग बताए ।

प्रमुख अमेरिकी सहयोगी र अमेरिकाको सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूलाई लगाइएको समान १० प्रतिशत आधारभूत शुल्क लगाइएको छ भने कार, इस्पात र आल्मुनियममा कडा करको अधीनमा छ ।

ट्रम्पले पनि अप्रिलको सुरुमा जापानमा थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गरेका थिए । तर, पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै जापानमाथि लगाइएका करबारे उपायहरू निकाल्ने वार्ताको तयारीका लागि यसलाई स्थगन गरेको घोषणा गरेका थिए ।

धेरै चरणको वार्ताका बावजुद पनि दुई पक्षबीच धेरै दूरी कायम छ र जापानले ट्रम्पले घोषणा गरेका सबै करहरू हटाउनुपर्ने अडान लिएको छ।

इशिबाले टोकियोले प्रस्ताव गरेको ट्रम्पसँगको भेटमा जापानको अडान ‘अपरिवर्तित’ रहेको दोहो¥याएको बताए ।

अमेरिकासँगको व्यापार सम्झौता वार्तालाई गति दिन जापान सहमत

टोकियोका व्यापार दूत रायोसी अकाजावाले गत शनिबार वासिङ्टनमा जापानी पत्रकारसँग कुरा गर्दै पाँचौँ चरणको वार्तामा केही प्रगति भएको बताएका थिए ।

उनले भनेका थिए, “ पाँचौँ चरणको वार्तामा केही प्रगति भएको तर हामीले अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकेका छैनौँ ।

इशिबाले जी–७ शिखर सम्मेलन आफू र ट्रम्पका लागि ‘जापान–अमेरिका सम्बन्धबारे छलफल लाई गहन बनाउने’ राम्रो अवसर हुने बताए ।

दुवै नेताले शुक्रबार इरानमाथि इजरायलले गरेको आक्रमणबारे पनि छलफल गरेका थिए र मध्यपूर्वमा शान्ति र स्थिरता अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए ।





Source link

Leave a Comment