अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई अल सल्भाडोरको कारागारमा पठायो



प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

अमेरिकाले भेनेजुएलाका २०० भन्दा बढी व्यक्तिहरूलाई देश निकाला गरेको छ । उनीहरुलाई गिरोहका सदस्यको आरोप लगाइएको छ । पक्राउ गरिएपछि उनीहरूलाई अल सल्भाडोरको सुपरम्याक्स कारागारमा बन्दी बनाइएको छ ।

अमेरिकी न्यायाधीशले निर्वासनहरूमा रोक लगाएका भएपनि सरकारले भने २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई निर्वासित गरेको हो ।

अल सल्भाडोरका राष्ट्रपति नायिब बुकेले २३८ जना भेनेजुएला को गिरोह ट्रेन डे अरागुआका सदस्य र अन्तर्राष्ट्रिय एम १३ गिरोहका २३ जना अल सल्भाडोर आएका जानकारी दिएका छन ।

अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई अल सल्भाडोरको कारागारमा पठायो

अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई अल सल्भाडोरको कारागारमा पठायो

अमेरिकी सरकार र अल सल्भाडोरले गिरफ्तार गरिएका व्यक्तिहरूको पहिचान भने गरेका छैनन । तिनीहरूको आरोप , अपराध वा गिरोह सदस्यता बारे कुनै विवरण उपलब्ध गराइएको छैन ।

संघीय न्यायाधीशको आदेशले ट्रम्प प्रशासनलाई केही निर्वासनलाई सही ठहराउन १७९८ को युद्धकालीन कानूनको प्रयोग गर्न रोक लगाएको थियो । तर निर्वासित गरिएका मानिसहरु राखिएका उडानहरू पहिले नै अल सल्भाडोर पुगेका थिए ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारीलिन लेभिटले न्यायालयको आदेश उल्लंघन नगरेको बताइन् । ट्रेन डे अरागुआ आतंकवादीहरूलाई अमेरिकी भूमिबाट हटाएपछि यो आदेश आएको उनले बताइन ।

न्याय मन्त्रालयले न्यायाधीशको निर्णयविरुद्ध अपील गरेको छ। अमेरिकी नागरिक स्वतन्त्रता संघले अदालतको आदेश उल्लंघन भएको हुनसक्ने बताएको छ । यो संघले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो ।

भेनेजुएलाले ट्रम्पको Alien Enemies Act प्रयोगको आलोचना गरेको छ । अधिकार समूहहरूले ट्रम्पको निन्दा गर्दै २२७ वर्ष पुरानो कानूनलाई प्रयोग गरेर आफ्नो लक्ष्य पूरा गर्न खोजेको आरोप लगाए।

अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई अल सल्भाडोरको कारागारमा पठायो

राष्ट्रपति बुकेले उनीहरूलाई एक वर्षको अवधिका लागि थुनेर राखिने बताए । उनले यो नवीकरण पनि हुनसक्ने बताए । अल सल्भाडोरको जेल बुकेले अपराध नियन्त्रण गर्ने अभियानको हिस्सा हो ।

यो नयाँ बनाइएको उच्च सुरक्षा सुविधा सहितको छ । यसमा ४० हजार जना सम्म राख्न सकिन्छ । मानव अधिकार समूहहरूले त्यहाँ कैदीलाई दुर्व्यवहार हुने गरेको आरोप लगाउदै आएका छन ।





Source link

Leave a Comment