अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेपछि युक्रेनमाथि रुसी ड्रोन आक्रमण



प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

रुसले सोमबार रातभर यूक्रेनमाथि लगभग सय वटा ड्रोन आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसलेल गरेको ड्रोन आक्रमणले दक्षिणी शहर ओडेसामा ऊर्जा संरचना र आवासीय भवनहरूमा क्षति पुर्याएको छ । आक्रमणमा चार जना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा सैन्य सहायता रोक्ने निर्णय गरेसँगै रुसले युक्रेनमाथि हवाई आक्रमण गरेको हो ।

युक्रेनी वायुसेनाका अनुसार युक्रेनले रातभर रुसबाट ९९ ड्रोनमध्ये ६५ ड्रोन खसालेको छ । रुसको ड्रोन आक्रमणले एक बाल चिकित्सा केन्द्रमा समेत क्षति पुर्याएको छ।

अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेपछि युक्रेनमाथि रुसी ड्रोन आक्रमण

अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेपछि युक्रेनमाथि रुसी ड्रोन आक्रमण





Source link

Leave a Comment