प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार
अमेरिकी सहयोग नियोग यूएसएआईडीले सहयोग रोकेपछि एचआईभी, पोलियो, एमपक्स र बर्ड फ्लूको उपचारका अरबौं डलरका कार्यक्रमहरू प्रभावित भएका छन ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अधानोम घेब्रेयेससले सहायता कार्यक्रम पुन सुचारु गर्न आग्रह गरेका छन । उनका अनुसार ५० देशमा एचआईभी उपचार र अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन् ।
विश्व स्वास्थ्य संगठनले पहिलो पटक अमेरिकी सहयोग रोकिएको बिषयमा आफनो प्रतिकृया सार्बजनिक गर्दै यसको असर बारे धेरैलाई चिन्तित बनाएको जनाएको छ ।
सहयोग रोकिदा आधुनिक जोखिमहरुका कारण स्वास्थ्य क्षेत्रमा धेरै समस्या हुनसक्ने प्रमुख टेड्रोसले भनेका छन ।
वैश्विक स्वास्थ्यका विज्ञहरूले सहयोग कटौतीका कारण रोगहरूको फैलावट र भ्याक्सिन र नयाँ उपचारको विकासमा ढिलाइ हुनसक्ने बताएका छन । ट्रम्पले यूएसएआईडीलाई लाई ‘अक्षम र भ्रष्ट’ भनेर आरोप लगाएका छन ।
उनले हालै एजेन्सीको १० हजार कर्मचारीको ठूलो संख्यामा कटौती र लगभग सबै सहायता कार्यक्रमहरूको तत्काल निलम्बनको घोषणा गरेका थिए ।
यूएसएआईडीले वार्षिक रुपमा लगभग ४० अर्ब डलर खर्च गर्दछ । जसको अधिकांश रकम स्वास्थ्य कार्यक्रमहरूमा खर्च हुने गरेको छ ।
संघीय सरकारको आकार घटाउने ह्वाइट हाउसको प्रयासमा काम गरिरहेका अरबपति इलोन मस्कले यूएसएआईडीलाई ‘अपराधी संस्था’भनेका थिए ।