अमेरिकाले सहयोग रोकेपछि १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने

प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

अमेरिकाले सहयोग रोकेपछि अफगानिस्तानमा स्वास्थ्य सेवा प्रभावित भएका छन ।

विश्व स्वास्थ्य संगठनले आगामी जुन सम्म त्यहाँ सञ्चालित ८० प्रतिशत स्वास्थ्य कार्यक्रमहरु बन्द हुने चेतावनी दिएको छ ।

अमेरिकी सहायता एजेन्सीको आर्थिक सहयोगमा अफगानिस्तानमा स्वास्थ्य कार्यक्रमहरु सञ्चालनमा रहेका छन ।

अमेरिकाले सहयोग रोकेपछि १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने

अमेरिकाले सहयोग रोकेपछि १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा आफूले सहयोग गर्ने ८० प्रतिशत सेवाहरू रकम अभावका कारण जुनसम्ममा बन्द हुनसक्ने बताएको हो ।

तत्काल सहयोग सुचारु भएन भने सन् २०२५ जुनसम्ममा थप २ सय २० भन्दा बढी सुविधा बन्द हुन सक्ने डब्लुएचओ ले बताएको हो ।

यस्तो अबस्था सृजना भयो भने १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने अबस्था आउने छ ।

आर्थिक सहयोगको अभावका कारण १ सय ६७ वटा यस्ता सेवा पहिले नै बन्द भइसकेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एजेन्सीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेदेखि यसले खतराको सङ्केत दिइरहेको छ ।

अमेरिकाले सहयोग रोकेपछि १८ लाख अफगानी प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुने

अमेरिकाले सहयोग रोकेपछि विश्वव्यापी दादुरा निगरानी नेटवर्कलाई पनि जोखिममा पारेको छ । यो अहिलेसम्म पूर्णरूपमा अमेरिकी सहयोगमा सञ्चालित रहेको थियो ।

डब्लुचओका अनुसार अफगानिस्तानमा जनवरी र फेब्रुअरीमा १६ हजारभन्दा बढी शङ्कास्पद दादुराका संक्रमित भेटिएका छन । ति मध्ये १ सय ११ जनाको मृत्यु भएको छ ।

Source link

Leave a Comment