अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ दिने , युक्रेनले स्वागत गर्यो : मानव अधिकार समूहहरू भने बिरोधमा



प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार

युक्रेनलाई बारुदी सुरुङ ल्यान्डमाइन आपूर्ति गर्ने अमेरिकी निर्णयलाई मानवीय संस्थाहरूले कडा आलोचना गरेका छन् ।

ह्युमन राइट्स वाच की निर्देशक मेरी वेयरह्यामले यो कदमलाई झस्किने र विनाशकारी भनी व्याख्या गर्नुभएको छ । उहाँले एन्टि पर्सनल ल्यान्डमाइन उन्मूलन गर्न अहिलेसम्म भएको प्रयासलाई यसले ठूलो धक्का दिनेछ भन्न्ुभएको छ ।

अमेरिकाको यो निर्णय रुसी सैनिकलाई रोक्ने प्रयासको रूपमा लिइएको छ । जसले पछिल्ला केही महिनामा युक्रेनको पूर्वी भूभागमा प्रगति गरिरहेको छ ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले रुसले युद्धमा आफ्नो रणनीति परिवर्तन गरेपछि यो निर्णय लिइएको बताउनु भयो । रुसले अहिले स्थलगत सैनिक प्रयोग गरिरहेको छ ।

इन्टरनेशनल क्याम्पेन टु ब्यान ल्यान्डमाइन ले पनि अमेरिकी निर्णयको कडा विरोध गरेको छ । संगठनकी निर्देशक टामार गेबलनिकले यसको प्रभावले नागरिकहरूको जीवन र जीविकामा ठूलो क्षति पुरर्याउने बताउनु भयो ।

ट्रीटी अनुसार, युक्रेनले राज्यको रूपमा बारुदी सुरुङ खरिद, भण्डारण वा प्रयोग गर्न कुनै पनि परिस्थितिमा अनुमति पाउँदैन उहाँले भन्नुभयो ।

एन्टि पर्सनल बारुदी सुरुङ जमिनमा लुकाएर राखिन्छ । मानिसले छोएपछि वा नजिक गएपछि विस्फोट हुन्छ । अमेरिकाले यसअघि युक्रेनलाई एन्टि ट्यांक सुरुङ उपलब्ध गराउँदै आएको थियो । तर, एन्टि पर्सनल सुरुङले स्थलगत सेनाको प्रगति रोक्न सहयोग गर्ने विश्वास गरिएको छ ।

रुसी सेनाले फेब्रुअरी २०२२ मा युद्ध सुरु भएदेखि नै युक्रेनमा बारुदी सुरुङ व्यापक रूपमा प्रयोग गरिरहेको छ । यी हतियारले नागरिकहरूको जीवनलाई गम्भीर खतरामा पार्ने मात्र होइन, युद्धपछिको जमिन सफा गर्न लामो समय र ठूलो खर्च लाग्ने चुनौती पनि थपिएको छ ।

अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ दिने , युक्रेनले स्वागत गर्यो : मानव अधिकार समूहहरू भने बिरोधमा

पछिल्लो वर्ष विश्व बैंकले युक्रेनलाई बारुदी सुरुङमुक्त गर्न करिब ३७ अर्ब डलर लागत लाग्ने अनुमान गरेको थियो। अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बारुदी सुरुङ सुरक्षित रहेको बताउनु भयो ।

युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले अमेरिकी निर्णयलाई अन्तर्राष्ट्रिय कानुनभित्र भएको बताउँदै यसलाई समर्थन गरेका छन् । यो निर्णयसँग मानव अधिकार र नैतिक मुद्दाहरू छन् । र म तिनीहरूलाई पूर्ण रूपमा बुझ्दछु । तर, हामी एक क्रूर शत्रुविरुद्ध लडिरहेका छौं, र अन्तर्राष्ट्रिय कानुनको दायराभित्र आफूलाई जोगाउन आवश्यक सबै गर्नुपर्छ उहाँले भन्नुभएको छ ।

विश्वकै ठूलो बारुदी सुरुङ सफा गर्ने संस्था हेलो ट्रस्ट ले बुधबारको यो निर्णयलाई पूर्वी युरोपमा बारुदी सुरुङको थप प्रयोगको खतरा स्पष्ट देखिएको बताएको छ।

संस्थाका अनुसार, हाल युक्रेनको करिब ४० प्रतिशत भूभागमा बारुदी सुरुङहरू फेला परेका छन् । सन् २०२२ को युद्धपछि दुई मिलियनभन्दा बढी सुरुङ बिछ्याइएको अनुमान गरिएको छ ।

यो कदम अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको कार्यभार सम्हाल्नु अघि युक्रेनलाई सहयोग गर्न गरेको पछिल्लो प्रयास हो ।





Source link

Leave a Comment