अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्यो



प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्न आदेश दिएका छन् । यो निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्की बीचको शुक्रबारको ओभल अफिसको बहस पछि आएको हो ।

‘राष्ट्रपति स्पष्ट रूपमा शान्तिमा केन्द्रित छन् । साझेदारहरू पनि यस लक्ष्यमा प्रतिबद्ध हुनु आवश्यक छ । सहायता रोकीरहेको छौं र यसले समाधानमा योगदान पुर्याउँदै छ कि छैन, त्यो पुनरावलोकन गर्दैछौं’ह्वाइट हाउसका एकजना अधिकारीले भनेका छन ।

यो रोक युक्रेनमा प्रवेश नगरेका सबै सैन्य सामग्रीमा लागू हुनेछ । जुन बाइडेन प्रशासनको समयमा बाचा गरिएका थिए ।

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्यो

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्यो

जेलन्स्कीसँगको गत हप्ताको तनावपूर्ण वार्तापछि आएको अमेरिकी प्रतिकृयाका रुपमा यसलाई हेरिएको छ ।

यदि जेलन्स्कीले युक्रेनमा युद्ध अन्त्य गर्नको लागि वार्तामा नयाँ प्रतिबद्धता जनाए भने यो रोक हटाउन सकिने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन ।

ट्रम्प र उनका वरिष्ठ सल्लाहकारहरूले जेलन्स्कीबाट शुक्रबार भएको घटनाप्रति माफी मागिनु पर्ने अपेक्षा गरेका छन । यो भएन भने खनिज सम्झौतामा पनि अगाडि बढ्न नसकिने अबस्था रहेको छ ।

सहायता रोक्ने निर्णयले युक्रेनमाथि दबाब रणनीतिका रूपमा काम गर्ने अनुमान गरिएको छ ।

विदेशमन्त्री मार्को रुबियोले सार्वजनिक रूपमा जेलन्स्कीलाई शुक्रबारको घटनाका लागि माफी माग्न आह्वान गरेका छन् ।

अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्यो





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School