‘अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिए इयू र नेटोको लागि पनि ठूलो धक्का हुनेछ’



प्रकाशित मिति : असार १९, २०८२ बिहीबार


डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिए त्यसको असर युरोप र नेटो सबैमा पर्ने चेतावनी दिएकी छिन् । बिहीबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुुन् ।

उनले चेतावनी दिँदै भनिन् — “यदि अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिने निर्णय गर्‍यो भने, त्यसको गम्भीर असर युक्रेन, युरोप र नेटो सबैमा पर्नेछ।”

डेनमार्कले हालै युरोपेली संघ (इयू)को अध्यक्षता ग्रहण गरेको छ र यही सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले युक्रेन युद्धको गम्भीरताबारे धारणा राखेकी हुन् ।

‘अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिए इयू र नेटोको लागि पनि ठूलो धक्का हुनेछ’

‘अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिए इयू र नेटोको लागि पनि ठूलो धक्का हुनेछ’

फ्रेडरिक्सनले युक्रेनमाथिको रूसी आक्रमण केवल युक्रेनसम्म सीमित नरहेको बताउँदै भनिन्, “यो युद्ध युरोपको भविष्यबारे हो।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार टेलिफोन संवाद हुने अपेक्षा गरिएको छ। उक्त संवादको प्रमुख विषय अमेरिकाबाट केही मुख्य हतियार आपूर्ति अचानक रोकिएको विषयमा केन्द्रित हुने बताइएको छ।

यद्यपी, अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यसबारे प्रतिक्रिया दिएको छैन् ।

https://www.youtube.com/watch?v=videoseries

अमेरिकाले हालसम्म युक्रेनलाई अरबौं डलर बराबरको सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। तर, अमेरिकामा राजनीतिक ध्रुवीकरण र ट्रम्प समर्थक कतिपय रिपब्लिकन सांसदहरूको असहमतिका कारण नयाँ सहायता प्याकेजमा ढिलाइ भइरहेको छ।

युरोपेली नेताहरूको भनाइ अनुसार यदि अमेरिकाले आफ्नो सहयोग रोक्ने निर्णय गर्‍यो भने त्यसले नेटोको ऐक्यबद्धतालाई पनि कमजोर बनाउन सक्छ। डेनमार्ककी प्रधानमन्त्रीको चेतावनीले युरोपमा बढ्दो चिन्ता झल्काएको छ।

‘अमेरिकाले युक्रेनलाई आवश्यक सैन्य सहायता नदिए इयू र नेटोको लागि पनि ठूलो धक्का हुनेछ’

फ्रेडरिक्सनले अन्त्यमा भनिन्, “हामीले युक्रेनलाई सशक्त समर्थन जारी राख्नुपर्छ। यो केवल स्वतन्त्रताको रक्षाको कुरा होइन, हाम्रो समग्र महादेशको सुरक्षाको सवाल हो।”





Source link

Leave a Comment