प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार
युक्रेन युद्ध अन्त्य गर्नका लागि बेलायत र फ्रान्सले कुनै पहल नगरेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री कीर स्टारमरले युक्रेनको युद्ध समाप्त गर्न केहि पनि नगरेको बताएका हुन ।
स्टार्मर र म्याक्रोनको यसै साता अमेरिकाको भ्रमण गर्ने तय भएको छ । उनीहरुको भ्रमण अघि ट्रम्पले आफनो पछिल्लो धारणा सार्बजनिक गरेका हुन ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शान्ति वार्ताको लागि कुनै कार्ड नरहेको भन्दै ट्रम्पले जेलेन्स्कीको अनुपस्थितीले वार्तामा खासै प्रभाव नपार्ने बताए ।
रुसले युक्रेनमाथि २०२२ मा आक्रमण सुरु गरे पछि, बेलायत, फ्रान्स र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता प्रदान गर्दै आएका छन् ।
म्याक्रोन र कीरको आलोचना गर्दा ट्रम्पले आफ्नो अन्तर्वार्तामा युरोपेली नेताहरूलाई प्रशंसा पनि गरे । उनले म्याक्रोनलाई मित्र र बेलायती प्रधानमन्त्रीलाई धेरै राम्रो मान्छे भनेर प्रशंसा गरे । म्याक्रोन सोमबार र स्टारर्मर बिहीबार अमेरिका जाँदै छन ।
बेलायती प्रधानमन्त्रीले युक्रेनको शान्ति सम्झौतामा बेलायत का सेना पठाउन तयार र इच्छुक रहेको बताएका थिए ।
युरोपेली नेताहरूले रुससँग वार्ता नगर्ने निर्णय लिएका छन् । यद्यपि उनीहरूले युक्रेनको युद्धका बारेमा नियमित रूपमा छलफल गर्दै आएका छन् ।
युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका बेलायत र युरोपेली संघले २० हजार भन्दा बढी प्रतिबन्धहरू रुसका बिरुद्ध लगाएका छन्।
ट्रम्पका युक्रेनका लागि विशेषदुत केइथ केलॉगले किवमा जेलेन्स्की सँग विस्तृत र सकारात्मक छलफल गरेका समाचार बाहिर आएका छन ।
युक्रेन र अमेरिकाले युक्रेनका दुर्लभ खनिजहरूको भण्डारमाथि सम्झौता गर्न नजिकै पुगेको देखिएको छ ।
जेलेन्स्कीले युक्रेनी र अमेरिकी टोलीहरूले सम्झौतासम्बन्धी मस्यौदामा काम गरिरहेको बताएका छन ।