अमेरिकाले भन्यो – जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाए



प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।

‘जेलेन्स्कीले यस सम्झौतामा हस्ताक्षर गर्ने प्रस्ताव गरेका छन्। अब हेर्न बाँकी छ, उनले आफ्नो प्रतिबद्धता पूरा गर्छन् कि गर्दैनन् ।’ विशेष दूत विटकोफले ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग भने।

यस सम्झौतासम्बन्धी जानकारी जेलेन्स्कीले यसै हप्ता ट्रम्पलाई पठाएको पत्रमार्फत बाहिर आएको हो। करिब एक हप्ता अगाडि ओभल अफिसमा सार्वजनिक रूपमा भएको विवादपछि उनले ट्रम्पलाई पत्र पठाएका थिए।

अमेरिकाले भन्यो – जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाए

अमेरिकाले भन्यो – जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न सहमति जनाए

युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, र क्याबिनेट सदस्यहरूको उपस्थितिमा भएको संयुक्त कार्यक्रममा सम्झौताबारे विवाद उत्पन्न भएको थियो। सम्झौतामा कुनै सुरक्षा आश्वासन समावेश नभएको भन्दै जेलेन्स्की असन्तुष्ट देखिएपछि उनले त्यस्ता सर्तहरू अस्वीकार गरेका थिए। यस घटनापछि ट्रम्प र भान्स दुवैले उनलाई ‘असम्मानजनक’ र ‘अकृतज्ञ’ भन्दै आलोचना गरेका थिए।

तर, विटकोफका अनुसार जेलेन्स्कीले ट्रम्पलाई पठाएको पछिल्लो पत्रले परिस्थितिलाई सहज बनाएको छ। उनले उक्त पत्रमा माफी मागेका छन् र अमेरिका प्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘राष्ट्रपति जेलेन्स्कीले राम्रो नियतसहित पुनः संवादको बाटो रोज्ने प्रतिबद्धता देखाएका छन्। उनले माफी मागेका छन् र आफू कृतज्ञ रहेको बताएका छन्’, विटकोफले भने- ‘उनले शान्ति स्थापनाका लागि काम गर्न चाहन्छन्।’





Source link

Leave a Comment