अमेरिकाले भन्यो : इजरायल ६० दिनको युद्धविरामका लागि तयार



प्रकाशित मिति : असार १७, २०८२ मंगलबार


इजरायलले गाजामा ६० दिनको युद्धविरामका लागि सहमति जनाएको छ । युद्धविरामका लागि आवश्यक सर्तहरूमा इजरायलले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, ‘यस प्रस्तावित ६० दिनको युद्धविराम अवधिमा हामी सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्यका लागि काम गर्नेछौं,’ तर उनले ती सर्तहरूबारे विस्तृत जानकारी भने दिएका छैनन्।

ट्रम्पले भने, ‘कतार र इजिप्टले, जसले शान्ति ल्याउन कडा मिहिनेत गरेका छन्, यस अन्तिम प्रस्तावलाई प्रस्तुत गर्नेछन्। मलाई आशा छ हमासले यो सम्झौता स्वीकार्छ, किनभने योभन्दा राम्रो प्रस्ताव उसले पाउनेछैन — यो झन् खराब मात्रै हुनेछ।’

अमेरिकाले भन्यो : इजरायल ६० दिनको युद्धविरामका लागि तयार

अमेरिकाले भन्यो : इजरायल ६० दिनको युद्धविरामका लागि तयार

इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि सैन्य अभियान शुरू गरेको थियो ।

उक्त हमलामा करिब १ हजार २०० जनाको ज्यान गएको थियो। त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल युद्धविरामका सर्तहरू के हुनेछन् र हमासले तिनलाई स्वीकार्नेछ कि छैन भन्ने कुरा प्रष्ट छैन ।

ट्रम्पको यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग अर्को हप्ता हुने भेटवार्ताअघि आएको हो । वार्तामा उनले आफू ूधेरै कडा रूपमा प्रस्तुत हुनेू बताएका छन्।

https://www.youtube.com/watch?v=videoseries

ट्रम्पले मंगलबार भने, ‘मलाई लाग्छ नेतान्याहू युद्ध अन्त्य गर्न चाहन्छन्। उनी चाहन्छन् भन्ने म भन्न सक्छु। मलाई लाग्छ हामीले अर्को हप्ता सम्झौता गर्नेछौं।’

यो घटनाक्रम इजरायलले गाजाको उत्तर भागमा थप सैन्य कारबाहीअघि नागरिकहरूलाई खाली गर्न आदेश दिएपछि आएको हो ।

अमेरिकाले भन्यो : इजरायल ६० दिनको युद्धविरामका लागि तयार

यसअघि मार्चमा भएको युद्धविराम सम्झौता पनि असफल भएको थियो । त्यसपछि इजरायलले गाजामा पुन आक्रमण गरेको थियो ।

जनवरी १९ मा सुरु भएको अघिल्लो युद्धविराम सम्झौता तीन चरणमा बाँडिएको थियो । तर पहिलो चरणपछि नै टुंगिएको थियो।





Source link

Leave a Comment