अमेरिकाले भन्यो : अजरबैजानमा भएको विमान दुर्घटनामा रूस जिम्मेवार हुन सक्छ

अमेरिकाले भन्यो : अजरबैजानमा भएको विमान दुर्घटनामा रूस जिम्मेवार हुन सक्छ



प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

अमेरिकाले अज़रबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रूस जिम्मेवार हुन सक्ने बताएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकाले रुसको सम्लग्नता अनुसारका प्रारम्भिक संकेतहरू देखेको बताए । २५ डिसेम्बरमा भएको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।

किर्बीले दुर्घटनाको अनुसन्धानमा अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् । उनले यस विषयमा थप बिवरण भने दिन चाहेनन ।

विमान चेचन्यामा अवतरणको प्रयास गर्दा रूसी हवाई रक्षा प्रणालीको निशानामा परेको र त्यसपछि क्यास्पियन सागर पार गरेर कजाकस्तानतर्फ मोडिएको अनुमान गरिएको छ । कजाकस्तानमा विमान दुर्घटनाग्रस्त भएको थियो ।

रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले चेचन्याको अवस्था धेरै जटिल रहेको बताए ।

उनका अनुसार यो क्षेत्रका युक्रेनी ड्रोन आक्रमणका कारण पछिल्लो अबस्था सिर्जना भएको हो ।

अज़रबैजानले प्रत्यक्ष रूपमा रूसलाई दोष लगाएको छैन । तर यातायात मन्त्री राशद नबीयेभले विमानलाई बाह्य हस्तक्षेप को शिकार बनाइएको र विमानभित्र तथा बाहिर दुवैतिर क्षति पुर्याइएको बताएका छन् ।

सबै बाँचेकाहरूले ग्रोज्नीमाथि तीनवटा विस्फोटको आवाज सुनेको बताएका छन् नबीयेभले भने । उनका अनुसार अनुसन्धानकर्ताहरूले कस्तो प्रकारको हतियार वा कुन प्रकारको रकेट प्रयोग गरिएको हो भनेर पत्ता लगाउने छन् ।

अमेरिकाले भन्यो : अजरबैजानमा भएको विमान दुर्घटनामा रूस जिम्मेवार हुन सक्छ

विमानका पाइलटहरूले दुर्घटनाग्रस्त विमानको केही भागलाई सुरक्षित अवतरण गराएर २९ जनाको ज्यान बचाएका थिए । तर, पाइलटहरुले भने दुर्घटनामा ज्यान गुमाउनु परेको छ ।

बाकुबाट प्राप्त रिपोर्टहरूअनुसार, रूस र कजाकस्तानले क्षेत्रीय संगठन, राष्ट्रमण्डल स्वतन्त्र राष्ट्रहरूको अनुसन्धान समितिलाई घटनाको अनुसन्धानको जिम्मा दिन प्रस्ताव गरेका छन् । तर, अज़रबैजानले यसको सट्टा अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School