अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियार पठाउने



प्रकाशित मिति : असार २६, २०८२ बिहीबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मार्फत युक्रेनलाई हतियार दिने बताएका छन । उनले यससम्बन्धी नयाँ सम्झौता भएको बताएका छन ।

अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियारहरू पठाउनेछ र त्यसको पूरा लागत नाटोले बेहोर्ने उनले बताएका हुन । “हामी हतियारहरू नाटोलाई पठाउँदैछौं, र नाटो ती हतियारहरूका लागि सय प्रतिशत भुक्तानी गर्नेछ,” ट्रम्पले भने। “हामी ‘प्याट्रिओट’ हतियार प्रणाली नाटोलाई पठाउँदैछौं, अनि नाटोले त्यसलाई वितरण गर्नेछ ।”

नाटो महासचिव रुट्टेले ट्रम्पसँग बिहीबारै कुरा गरेका थिए। उनले सामाजिक सञ्जाल एक्समा लेखे अनुसार “मैले युक्रेनलाई थप गोलीगठ्ठा र हवाई सुरक्षा उपलब्ध गराउन नेताहरूलाई आग्रह गरेको छु । मैले राष्ट्रपति ट्रम्पसँग कुरा गरिसकेको छु र अब सबै नाटो साझेदारहरूसँग सहकार्य गरेर युक्रेनलाई आवश्यक सहायता पुर्याउने प्रयासमा छु।”

अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियार पठाउने

अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियार पठाउने

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले “हामी युरोपका देशहरूसँग प्याट्रिओट प्रणाली साझा गर्ने विषयमा सक्रियतापूर्वक कुरा गर्दैछौं । अरू देशहरूले अर्डर गरेका प्याट्रिओट प्रणालीहरूलाई केही समय रोक्ने वा युक्रेनलाई प्राथमिकता दिने विषयमा छलफल भइरहेको छ।”

रुबियोले यो भनाइ रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटपछि दिएका थिए। यसै हप्ता, ट्रम्पले आफूहरू युक्रेनलाई अर्को प्याट्रिओट एयर डिफेन्स प्रणाली पठाउने विचार गरिरहेको बताएका थिए ।

उनले भनेस् “ युक्रेनले यसको माग गरेको छ । यिनहरू दुर्लभ प्रणाली हुन् किनकि पहिले नै धेरै सिस्टमहरू युक्रेनलाई दिइसकिएको छ। तर हामी यसबारे हेर्नेछौं । अत्यन्तै महँगो प्रणाली हो।”

ट्रम्पले सोमवार रुसबारेमा “ठूलो घोषणा” रूसबारे गर्ने बताएका छन । रुसप्रति निराश बनेका उनले कस्तो घोषणा गर्ने हुन त्यो अपेक्षाको विषयमात्र बनेको छ ।
यो नयाँ सम्झौताले युक्रेनलाई हतियार सहायता दिन अमेरिकालाई राहत दिने देखिन्छ ।

किनकि खर्च नाटोले बेहोर्ने बताइएको छ । साथै, युक्रेनमा चलिरहेको युद्धको सन्दर्भमा यो एक रणनीतिक मोड सावित हुन सक्ने संभावना पनि रहेको छ ।

अमेरिकाले नाटो मार्फत युक्रेनलाई हतियार पठाउने

नाटो एक सैन्य गठबन्धन हो । यसको स्थापना १९४९ मा अमेरिका, क्यानडा, र केही युरोपेली मुलुकहरूले मिलेर गरेका थिए।

यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षा सुनिश्चित गर्नु हो । कुनै एक सदस्यमाथि आक्रमण भएमा सबै राष्ट्रले मिलेर प्रतिकार गर्ने यसको मुल उदेश्य रहेको छ ।





Source link

Leave a Comment