अमेरिकाले थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै इरान वार्ताका लागि तयार हुने



प्रकाशित मिति : असार १५, २०८२ आईतबार


अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै अमेरिकासँग वार्ता पुन सुरु हुने बताएको छ ।

इरानका उपविदेश मन्त्री माजिद ताक्त रावाञ्छीले इरानमाथि कुनै पनि थप आक्रमणको सम्भावनालाई पूर्ण रूपमा अमेरिकाले अस्वीकार गर्नुपर्ने बताए ।

ट्रम्प प्रशासनले बिचौलियामार्फत इरानलाई वार्तामा फर्कन चाहेको संकेत दिएको छ, तर वार्ताको समयमा ूथप आक्रमण गर्ने विषयमाू अमेरिका स्पष्ट नहुँदा वार्ता अघि बढ्न सकेको छैन उनले भनेका छन ।

अमेरिकाले थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै इरान वार्ताका लागि तयार हुने

अमेरिकाले थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै इरान वार्ताका लागि तयार हुने

इजरायलले १३ जुनबाट इरानमाथि हमला गर्दै आणविक तथा सैन्य ठाँउहरूमा आक्रमण मात्र होइन, वैज्ञानिक तथा कमाण्डरहरूको हत्या गरेको थियो ।

सो आक्रमणका कारण १५ जुनमा ओमानको मस्कटमा हुने भनिएको छैठौं चरणको वार्ता स्थगित भएको हो।

यो द्वन्द्वमा अमेरिका पनि प्रत्यक्ष संलग्न भयो । उसले इरानका तीन आणविक केन्द्रहरू (फोर्डो, नताञ्ज र इस्फहान)मा बम आक्रमण गर्यो।

https://www.youtube.com/watch?v=videoseries

ताक्त रावाञ्छीले भने, इरानले शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम प्रशोधन गर्न पाउने अधिकारमा जोड दिनेछ । उनले इरान लुकीछिपी आणविक बम बनाउने प्रयासमा रहेको भन्ने कुरालाई अस्वीकार गरेका छन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी का प्रमुख राफाएल ग्रोसीले अमेरिकाको आक्रमणबाट इरानको आणविक पूर्वाधारमा गम्भीर क्षति पुगेको तर पूर्ण रूपमा नष्ट नभएको बताए ।

अमेरिकाले थप आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै इरान वार्ताका लागि तयार हुने

उता राष्ट्रपति ट्रम्पले भने ती पूर्वाधारहरू “पूर्ण रूपमा ध्वस्त” भएको दाबी गरेका छन्। ग्रोसीले इरान केही महिनामै फेरि युरेनियम प्रशोधन सुरु गर्न सक्ने क्षमता राख्ने बताए ।

इरान र आइएइए बीचको सम्बन्ध बिग्रिँदो छ । बुधबार इरानी संसदले आइएइए सँगको सहकार्य निलम्बन गर्ने प्रस्ताव पारित गरेको छ । जसमा एजेन्सीलाई अमेरिका र इजरायलको पक्षपाती भएको आरोप लगाइएको छ ।

ट्रम्पले भने, यदि इरानले पुनः युरेनियम प्रशोधन गरेको प्रमाण पाए, फेरि आक्रमण गर्ने चेतावनी दिएका छन ।

सन् २०१५ को आणविक सम्झौतामा इरानलाई ३.६७ प्रतिशत भन्दा बढी युरेनियम प्रशोधन गर्न नदिइने र फोर्डो प्लान्टमा १५ वर्षसम्म कुनै प्रशोधन नगर्नु पर्ने शर्त थियो ।

तर, ट्रम्पले सन् २०१८ मा सम्झौता तोडेका थिए र प्रतिबन्ध पुनः लगाएका थिए।

इरानले त्यसपछि सम्झौताको सर्त तोड्दै प्रशोधन पुनः सुरु गर्यो र ६० प्रतिशत प्रशोधित युरेनियम पर्याप्त मात्रामा भण्डारण गरिसकेको ।

जसबाट ९ वटा आणविक बम बनाउन सकिने अनुमान गरिएको छ ।





Source link

Leave a Comment