अमेरिकाले तयार पारेको गाजा शान्ति योजना सुरक्षा परिषदद्वारा पारित



प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

अमेरिकाले तयार पारेको गाजा शान्ति योजना सुरक्षा परिषदद्वारा पारित

फोटो: एएफपी/ रासस

अमेरिकाले तयार पारेको गाजा सम्बन्धी २० बुँदे शान्ति योजनाको प्रस्ताव लाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले समर्थन गर्दै पारित गरेको छ। यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा तयार गरिएको हो। १३ सदस्य मुलुकमध्ये बेलायत, फ्रान्स र सोमालियासहितले अमेरिकी प्रस्तावको समर्थन गरे।

रूस र चीनले मतदानबाट तटस्थता अपनाए। कुनै पनि देशले प्रस्तावविरुद्ध मतदान गरेन। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यो निर्णयलाई “युद्धविरामलाई मजबुत बनाउनको दिशामा महत्वपूर्ण कदम” भएको प्रतिक्रिया दिएका छन्।

यो योजनाको मुख्य बुँदा इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स (आईएसएफ) नामक अन्तर्राष्ट्रिय बलको स्थापना हो। आईएसएफ को कार्यक्षेत्र गाजाको निरस्त्रीकरण,आतङ्कवादी संरचना विघटन र हतियार हटाउने,प्यालेस्तिनी नागरिकको सुरक्षा सुनिश्चित गर्ने,इजरायल, इजिप्ट र नयाँ तालिमप्राप्त प्यालेस्तिनी प्रहरीसँग सहकार्य गर्ने,सीमा सुरक्षामा सहयोग गर्ने,गैर–राज्य सशस्त्र समूहहरू (हमाससहित) लाई स्थायी रूपमा निरस्त्रीकरण गर्ने रहेका छन । अहिलेसम्म गाजाका प्रहरी संरचना हमासकै अधीनमा थियो।

अमेरिकाले तयार पारेको गाजा शान्ति योजना सुरक्षा परिषदद्वारा पारित

अमेरिकी दूत माइक वाल्ट्जले आईएसएफ को प्राथमिक लक्ष्य गाजाको निरस्त्रीकरण हुने बताएका छन्। हमासले यो प्रस्ताव अस्वीकार गर्दै यसले “गाजामा अन्तर्राष्ट्रिय अभिभावकत्व थोपर्ने प्रयास” गरेको बताएको छ। हमासका अनुसार आईएसएफलाई गाजाभित्र भूमिका दिने प्रावधानले “तटस्थता हटाएर उसलाई इजरायलको पक्षमा झुकाउने” र “प्रतिरोध समूहहरूलाई निरस्त्र गर्ने” कार्य गर्नेछ।

सुरक्षा परिषद्ले एक अन्तरिम शासकीय संरचना गठनको स्वीकृति पनि दिएको छ। प्राविधिक, निष्पक्ष प्यालेस्तिनी समितिको निगरानी गर्ने, पुनर्निर्माण र मानवीय सहयोग व्यवस्थापन गर्ने, गाजाको पुनर्निर्माणका लागि आवश्यक रकम विश्व बैंकको सहयोगमा ट्रस्ट फन्डमार्फत जुटाउने अन्तरिम शासकीय संरचनाको कार्य हुनेछ ।

ट्रम्पले प्रस्ताव पारित हुनुलाई “ऐतिहासिक” भन्दै शान्ति प्रक्रियामा ठूलो भूमिका खेल्ने टिप्पणी गरेका छन्। अमेरिका, प्यालेस्तिनी प्राधिकरण, इजिप्ट, साउदी अरब, टर्कीसहित धेरै मुस्लिम–बहुल राष्ट्रले प्रस्तावलाई छिटो लागू गर्न आग्रह गरेका छन्।

७ अक्टोबर २०२३ को आक्रमण: हमास नेतृत्वका बन्दुकधारीले इजरायलमाथि गरेको आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो र २५१ जना अपहरणमा परेका थिए। इजरायली कारबाही: त्यसपछिका इजरायली सैनिक कारबाहीमा हालसम्म हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले ६९,४८३ भन्दा बढी प्यालेस्तिनी मारिएको जनाएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment