अमेरिकाले चीनका उत्पादनमा लगाएको सीमा शुल्क मंगलबारदेखि लागू हुने



प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

चीनका उत्पादनमा अमेरिकाले लगाएको १० प्रतिशत शुल्क मंगलबारबाट लागू हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिकामा आयात हुने उत्पादनमा १० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले चाँडै चिनियाँ समकक्षीसँग टेलिफोनमा कुराकानी हुने र समझदारी नभए आयात करको दर बढ्नसक्ने बताए ।

उनले अहिलेको आयात कर प्रारम्भिक भएको समेत स्पष्ट पारेका छन । चीनले भने अमेरिकी शुल्कका बिरुद्ध विश्व व्यापार संगठनमा मुद्धा हाल्ने चेतावनी दिएको छ ।

उनले अमेरिकी कर को चर्को बिरोध समेत गरेको छ । राष्ट्रपति ट्रम्पले क्यानडा , मेक्सिको र चीनका बिरुद्ध आयात करको घोषणा गरेका थिए ।

क्यानडा र मेक्सिकोमा २५ प्रतिशत शुल्क लगाउने योजना ३० दिनका लागि स्थगित गर्ने सहमति भएको छ । यो सहमतिले उत्तर अमेरिकाका यी दुई छिमेकीलाई सम्भावित व्यापार युद्धको संघारबाट फर्काएको छ ।

ट्रम्पसँग फोन वार्ता पछि क्यानाडाका प्रधानमन्त्री ज्यस्तिन ट्रूडोले अमेरिकी सीमासँगको सीमाना कडा गर्ने र फेन्टानिल जस्तो घातक नशालु पदार्थको प्रवाह रोक्नका लागि क्यानाडाको सीमामा थप कडाइ गर्न सहमति जनाएका छन ।

यसअघि ट्रम्पले मेक्सिकन राष्ट्रपति क्लाउडिया शिनबाउमसँग भएको कुराकानीमा उत्तरी सीमामा सैनिक तैनाथ गर्न मेक्सिको सहमत भएको छ । त्यसको बदलामा अमेरिकाले मेक्सिकोमा हतियारको प्रवाह सीमित गर्नेछ।

अमेरिकी सामानहरूमा प्रतिकारात्मक शुल्क लगाउनको लागि तयारी गरिरहेका बेला सोमबार क्यानडा र मेक्सिकोसँग अमेरिकी सम्झौता भएको हो ।

अमेरिकाले चीनका उत्पादनमा लगाएको सीमा शुल्क मंगलबारदेखि लागू हुने

ट्रम्पले सीमा शुल्कलाई अमेरिकाको अर्थतन्त्र बढाउन, रोजगारी बढाउन र बचाउन तथा कर राजस्व वृद्धि गर्ने साधनको रूपमा प्रस्तुत गरिरहेका छन ।

तर, अर्थशास्त्रीहरूले शुल्कको उतारचढावले कार, काठ, इस्पात, खाद्यान्न र मदिराजस्ता उत्पादनहरूको मूल्यमा वृद्धि गर्न सक्ने बताएका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School