अमेरिकाले क्यूबालाई आतंकवादी देशको सूचीबाट हटायो, ट्रम्पले बाइडेनको निर्णय खारेज गर्नसक्ने संभावना कति ?



प्रकाशित मिति : माघ १, २०८१ मंगलबार

अमेरिकाले क्यूबालाई आतंकवादी देशको सूचीबाट हटाएको छ । राष्ट्रपति जो बाइडनले मंगलवार क्यूबालाई आतंकवादको राज्य प्रायोजकको रूपमा रहेको अमेरिकी सूचीबाट हटाउने निर्णय गरेका छन्। यो निर्णय कैदी मुक्ती सम्झौताअन्तर्गत गरिएको बताइएको छ ।

क्यूबाले ५५३ कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । जसमा विभिन्न अपराधहरूको आरोपमा थुनामा रहेका व्यक्तिहरू मुक्त हुनेछन ।

यीमध्ये चार वर्षअघि भएका विरोध प्रदर्शनमा सहभागी भएका व्यक्तिहरू पनि समावेश हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२१ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालको अन्तिम दिनहरूमा क्यूबालाई पुनः आतंकवादुको राज्य प्रायोजकको रूपमा सूचीबद्ध गरेका थिए ।

जसका कारण अमेरिकी आर्थिक सहायता र हतियार निर्यातलाई क्यूबामाथी प्रतिबन्ध लगाइएको थियो। क्यूबाले भनेको छ कि बाइडनको यो कदम सही दिशामा रहेको छ । यद्यपि यसको सीमित प्रकृति छ।

क्यूबाले सयौँ कैदीहरू क्रमिक रूपमा रुपमा रिहा हुने बताएको छ । यो सम्झौताले २०२१ मा क्यूबामा भएको ठूलो विरोध प्रदर्शनमा सहभागी भएका कैदीहरूको रिहाइको आशा गरिएको छ ।

ती विरोध प्रदर्शनहरू क्यूबाको आर्थिक मन्दीको विरोधमा भएका थिए। क्यूबा हाल अमेरिकाको आतंकवादको राज्य प्रायोजकको सूचीमा उत्तर कोरिया, सिरिया र इरानसँगै रहेको छ।

यसको अर्थ, अमेरिकी नजरमा क्यूबाले अन्तर्राष्ट्रिय आतंकवादको क्रियाकलापहरुलाई बारम्बार समर्थन गर्दै आएको देश मानिन्छ।

अमेरिकाले क्यूबालाई आतंकवादी देशको सूचीबाट हटायो, ट्रम्पले बाइडेनको निर्णय खारेज गर्नसक्ने संभावना कति ?

२०१५ मा राष्ट्रपति बराक ओबामाले क्यूबालाई यस सूचीबाट हटाए पछि, ट्रम्पले फेरि क्यूबालाई यस सूचीमा समावेश गरेका थिए ।

क्यूबाले भेनेजुएलाका नेता निकोलस मादुरोको समर्थन गरेको आरोप अमेरिकाले क्यूबामाथि लगाएको थियो ।

त्यतिबेला क्यूबाले यो कदमलाई चिन्ताजनक, द्वैध मापदण्ड र राजनीतिक अवसरवादको क्रियाकलाप भनेको थियो।

बाइडनले आफ्नो योजना कांग्रसलाई सूचित गर्नेछन् । ट्रम्प २० जनवरीमा कार्यालयमा फर्केपछि यस निर्णयलाई उल्टाउनेछन् कि छैनन् भन्ने यकिन भने छैन ।

राष्ट्रपतिमा निर्वाचित ट्रम्पको परराष्ट्र मन्त्रीको उम्मेदवार मार्को रुबियोले क्यूबामा प्रतिबन्धको पक्षमा लामो समयदेखि वकालत गर्दै आएका छन् । उनका परिवार १९५० को दशकमा क्यूबा छोडेर अमेरिकीमा बसोबास गर्न पुगेका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School