अमेरिकाले इयुमाथि लगाउने भनिएको शुल्क स्थगन गरेपछि जापानको सेयर बजारमा हरियाली



प्रकाशित मिति : जेष्ठ १३, २०८२ सोमबार

अमेरिकाले युरोपेली सङ्घका वस्तुहरूमा लगाइने भन्सार शुल्क केही समयका लागि स्थगन गर्ने निर्णय गरेपछि सोमबार टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ ।

टोकियोको प्रमुख सेयर सङ्केतक २२५ अङ्कमा आधारित निक्केई परिसूचक ३७ हजार ५३१ दशमलव ५३ मा पुगेर बन्द भयो, जुन अघिल्लो कारोबार दिनको तुलनामा ३७१ दशमलव ०६ अङ्कले अर्थात एक प्रतिशतले वृद्धि हो ।

भन्सार शुल्क स्थगनको घोषणापछि प्रारम्भिक टोकियो कारोबारमा अमेरिकाको सेयर सङ्केतकको पूर्वानुमान वृद्धि भएको थियो, जसले लगानीकर्ताको मनोबल बढाएको थियो ।

अमेरिकाले इयुमाथि लगाउने भनिएको शुल्क स्थगन गरेपछि जापानको सेयर बजारमा हरियाली

अमेरिकाले इयुमाथि लगाउने भनिएको शुल्क स्थगन गरेपछि जापानको सेयर बजारमा हरियाली

त्यस्तै, विस्तृत बजार परिसूचक टोपिक्स पनि १६ दशमलव ३९ अङ्कले अर्थात शून्य दशमलव ६ प्रतिशतले बढेर दुई हजार ७५१ दशमलव ९१ मा पुगेको छ ।

टोकियोको प्रमुख सेयर बजारमा कारोबार भएका कुल कम्पनीहरूमध्ये एक हजार ८५ को मूल्य बढेको, ४८२ को घटेको र ६४ कम्पनीको मूल्य स्थिर रहेको थियो ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् ।

यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । भोन डेर लेयनले ट्रम्पलाई आफु ‘गम्भीर वार्तामा जान चाहेको बताएकी थिइन् ।

वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, “मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो ।”

अमेरिकाले इयुमाथि लगाउने भनिएको शुल्क स्थगन गरेपछि जापानको सेयर बजारमा हरियाली

शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयुका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए । ती भन्सार शुल्क जुन १ देखि लागू हुने थिए ।





Source link

Leave a Comment