अमेरिकाले आतंकवादी घोषणा गरेको समूहले पाकिस्तानमा गर्यो रेलमा आक्रमण, करिव ३०० अपहरित



प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

पाकिस्तानमा झण्डै ३०० सर्वसाधारणलाई ल्यहाँका उग्रवादीहरुले बन्धक बनाएका छन ।

बलोचिस्तान क्षेत्रमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलमा आक्रमण गरि बलोच लिबरेसन आर्मी नामक विद्रोहीका लडाकुहरुले ४०० जलाई बन्धक बनाएका थिए ।

ति मध्ये १०४ जनालाई पाकिस्तानी सेनाले उद्धार गरेको छ । १६ जना उग्रवादी लडाकू मारिएका छन । उद्धार भएका मध्ये १७ जना घाइते यात्रीहरूलाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ।

अमेरिकाले आतंकवादी घोषणा गरेको समूहले पाकिस्तानमा गर्यो रेलमा आक्रमण, करिव ३०० अपहरित

अमेरिकाले आतंकवादी घोषणा गरेको समूहले पाकिस्तानमा गर्यो रेलमा आक्रमण, करिव ३०० अपहरित

उग्रवादीहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र रिहा नगरे बन्धकहरूको हत्या गर्ने स्थानीय पत्रकारलाई सुचना दिएका छन । उद्धार अपरेसन जारी छ।

एक वरिष्ठ सैनिक अधिकारीले १०० भन्दा बढी सैनिकहरू क्वेटाबाट रेलमा यात्रा गर्दै गरेको बताएका छन ।

बेलायत र अमेरिका तथा पाकिस्तानले बलोच लिबरेशन आर्मीलाई आतंकवादी संगठनको रूपमा सूचिकृत गरेका छन ।

यो समूहले स्वतन्त्रता प्राप्तिको लागि दशवर्षीय विद्रोह सुरु गरेको छ । प्रहरी चौकी, रेलवे लाइन र राजमार्गमा प्राय घातक आक्रमणहरू गर्दै आएको छ ।

क्वेटामा एक रेलवे अधिकारीले ११ बच्चा र २६ महिला सहित ८० जना यात्रुहरूको समूह अपहरणमा परेका बताएका छन । अरुको पहिचान हुदैछ ।

अमेरिकाले आतंकवादी घोषणा गरेको समूहले पाकिस्तानमा गर्यो रेलमा आक्रमण, करिव ३०० अपहरित

बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । प्राकृतिक स्रोतहरूको हिसाबले सबैभन्दा धनी भए तापनि यो प्रान्त सबैभन्दा कम विकसित छ।





Source link

Leave a Comment