अमेरिकाले अनुदान रोकेपछि १ मिलियन बालबालिकाको ज्यान खतरामा



प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

अमेरिकाले आर्थिक सहयोग रोकेमा एक मिलियन बालबालिको ज्यान जोखिममा पर्न सक्ने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्थाहरुले चेतावनी दिएका छन ।

विश्वभर ५०० मिलियन बालबालिकाहरूलाई खोप लगाउन आवश्यक छ । यदि बालबालिकाले खोप पाएनन भने न्यूमोनिया र पोलियो जस्ता रोकथामयोग्य रोगहरूबाट मृत्यु बढ्ने छ ।

इबोला, हैजा र एमपोक्स जस्ता रोगहरूबाट खोपले संसारलाई सुरक्षित राख्न मद्दत गर्छ । त्यसमध्ये ७५ मिलियन बालबालिकाहरू अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था गाभीले अमेरिकी अनुदान गुमाएमा खोप लगाउनबाट वञ्चित हुनसक्ने छन ।

अमेरिकाले अनुदान रोकेपछि १ मिलियन बालबालिकाको ज्यान खतरामा

अमेरिकाले अनुदान रोकेपछि १ मिलियन बालबालिकाको ज्यान खतरामा

चिकित्सा च्यारिटी मेडिसिन्स साइन्सले गाभीको चेतावनीसँग सहमति जनाउँदै राजनीतिक निर्णयका परिणामहरू प्रलयकारी हुने संभावना रहेको बताएको छ ।

गाभीका प्रमुख डा सानिया निष्ठारले अमेरिकी अनुदानमा भएको कटौतीले आधुनिक स्वास्थ्य सुरक्षामा विनाशकारी प्रभाव पार्ने जोखिम बढाएको बताइन ।

ट्रम्प प्रशासनले गाभीको अनुदान रोक्ने योजना बनाएको जनाएको छ । अमेरिका गाभीको तेस्रो सबैभन्दा ठूलो दाता हो ।

गाभीले अमेरिकाबाट अनुदान रोकिएको कुनै पनि आधिकारिक सुचना प्राप्त नभएको जनाएको छ । तर यसले व्हाइट हाउस र कंग्रेससँग २०२५ का लागि ३०० मिलियन डलरको फण्डिङ सुरक्षित गर्न पहल गरिरहेको बताएको छ ।

अमेरिकाले २०२६ देखि २०३० अवधिका लागि १.६ बिलियन डलरको प्रतिबद्धता गरेको थियो । जुन गाभीको कुल अनुदानको लगभग १५ प्रतिशत हो।

अमेरिकाले अनुदान रोकेपछि १ मिलियन बालबालिकाको ज्यान खतरामा

जनवरी २०२५ मा पदभार सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अमेरिका फर्स्ट दृष्टिकोणसँग मिलाएर विदेशी अनुदानमा कडाइ गरेका छन ।

ट्रम्प प्रशासनले सबै अमेरिकी विदेशी सहायतामा ९० दिनको लागि रोक लगाएको बेला अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडी लाई एलोन मस्कको सरकारी दक्षता विभागले निशाना बनायो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School