अमेरिकाले अघि सारेको योजना अन्तिम नभएको ट्रम्पको भनाइ, युक्रेनको भविष्यलाई लिएर युरोप चिन्तित



प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार

अमेरिकाले अघि सारेको योजना अन्तिम नभएको ट्रम्पको भनाइ, युक्रेनको भविष्यलाई लिएर युरोप चिन्तित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध समाप्त गर्न अमेरिकाले अघि सारेको योजना युक्रेनका लागि “अन्तिम प्रस्ताव” नभएको बताएका छन्।

युक्रेनका सहयोगी राष्ट्रहरूले उक्त योजनाका केही बुँदाप्रति चिन्ता व्यक्त गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

युरोप, क्यानडा र जापानका नेताहरूले उक्त योजनामा ‘न्यायपूर्ण र दिगो शान्ति’ का लागि आवश्यक तत्त्वहरू भएको स्वीकार गरे पनि केही बुँदामा संशोधनको आवश्यकता रहेको बताएका थिए।

उनीहरूले सीमा परिवर्तन र युक्रेनको सेनामा लगाइएको सीमा (क्याप) प्रति चिन्ता जाहेर गर्दै यो बुँदालाई सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताएका हुन्।

अमेरिकाले अघि सारेको योजना अन्तिम नभएको ट्रम्पको भनाइ, युक्रेनको भविष्यलाई लिएर युरोप चिन्तित

आइतबार बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्यान्डको जेनेभामा भेटघाट गर्दैछन्।

अमेरिकाबाट विदेशमन्त्री मार्को रुबियो र दूत स्टिभ विट्कफ बैठकमा सहभागी हुने बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाबाट आएको दबाबका कारण देश “इतिहासकै सबैभन्दा कठिन क्षण” मध्ये एकबाट गुज्रिरहेको चेतावनी दिएका छन्।

ट्रम्पले युक्रेनलाई नोभेम्बर २७ सम्म २८ बुँदे प्रस्ताव स्वीकार गर्न समय सीमा दिएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई “समाधानको आधार” हुन सक्ने बताएका छन्।

तर ट्रम्पले पत्रकारसँग भने, “यो अन्तिम प्रस्ताव होइन। एक न एक तरिकाले युद्ध अन्त्य गर्नैपर्छ, त्यसैमा काम भइरहेको छ।”

दक्षिण अफ्रिकामा भएको जी२० शिखर बैठकमा अमेरिकी प्रस्ताव र ट्रम्पको चेतावनीका विषयमा छलफल गर्दै क्यानडा, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, इटाली, जापान, नेदरल्यान्ड्स, स्पेन, बेलायत, जर्मनी र नर्वेका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। उनीहरूले देशका “सीमाहरू बल प्रयोग गरेर परिवर्तन गर्न मिल्दैन” भनेर प्रस्ट पारेका छन्।

उनीहरूले युक्रेनको सेनालाई छ लाखमा सीमित राख्दा भविष्यमा युक्रेनलाई थप कमजोर बनाउने खतरा रहने बताए। इयु र नेटो सम्बन्धी बुँदाहरू कार्यान्वयन गर्न तिनका सदस्यहरूको सहमति आवश्यक रहेको उनीहरूको भनाइ छ।

अमेरिकी प्रस्तावपछि जेलेन्स्कीले राष्ट्रलाई सम्बोधन गर्दै सम्मान गुमाउने कि मुख्य साझेदार गुमाउने भन्ने मुख्य सङ्कटमा युक्रेनी जनता परेको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले पठाएको योजना प्राप्त भएको पुष्टि गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment