अमेरिकालाई समर्थन गर्दै इजरायल राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट बाहिरियो



प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट इजरायलले अलग भएको घोषणा गरेको छ ।

इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) बाट अलग भएको बताएका हुन । उनले अब परिषदका कुनैपनि कार्यक्रममा इजरायलले सहभागिता नजनाउने बताएका हुन ।

इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

अमेरिकालाई समर्थन गर्दै इजरायल राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट बाहिरियो

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई पत्र लेख्दै मानव अधिकार परिषदमा इजरायल विरुद्ध र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो भनेका छन ।

परिषदको स्थापना सन् २००६ मा भएको हो । सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको इजरायलले आरोप लगाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School