अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना



प्रकाशित मिति : कार्तिक ६, २०८२ बिहीबार

अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना

अमेरिका र क्यानडाको सिमाक्षेत्र

अमेरिकामा लामो समयसम्म बस्न जाने यात्रुहरूलाई अब सीमा पार गर्नका लागि फिंगरप्रिन्ट गराउनुपर्ने र हरेकले ३० शुल्क तिर्नुपर्ने नयाँ नियम पालना नगरेमा ५ हजार डलर जरिवाना र जेल सजाय समेत हुन सक्ने सीबीपीले चेतावनी दिएको छ। यो नयाँ नियमको पालना नगर्ने कुनै पनि यात्रुलाई ५ हजार डलर जरिवाना र जेल सजाय हुनसक्ने सीबीपीले चेतावनी दिएको हो ।

उदाहरणका लागि जाडोको समय एरिजोनामा विताउन चाहने क्यानडाका नागरिक र उनकी पत्नीले २९ दिनभन्दा बढी समयका लागि अमेरिका प्रवेश गर्न ६० डलर तिर्नुपर्दा आश्चर्यचकित भएको बताएका छन्। उनले आफ्नो यात्रा जारी राख्नुअघि दम्पतीले फिंगरप्रिन्ट र फोटो खिचाउनु परेको थियो।

त्यस्तै क्यानाडाका अर्का बासिन्दाका दम्पत्तिले आफ्नो गाडी वाशिङ्टन प्रवेश गराउँदा अझ बढी जाँचबाट गुज्रनुपरेको बताएका थिए । एक सीपीबी अधिकारीले उनीहरूको गाडीलाई छेउमा रोकेर राम्ररी जाँच गर्न निर्देशन दिएका थिए ।

अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना

अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना

दम्पतीले अधिकारीहरूसँग डेढ घण्टा कुराकानी गरेपछि,एक अधिकारीले उनीहरूले फिंगरप्रिन्ट गराएका थिए भने ६० डलर तिरे भने मात्र जान दिने बताएका थिए । उनीहरुले नियम पालना गरेर ६० डलर तिरेपछि मात्र अगाडि बढ्न पाएको बताएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा जारी गरेको कार्यकारी आदेशका कारण सीमा एजेन्टहरूले पर्यटनमा कडाई गरिरहेका हुन् । उक्त आदेशमा अमेरिकामा ३० दिन वा सोभन्दा बढी बस्ने कुनै पनि विदेशी आगन्तुकले आई ९४ फारम भरेर अमेरिकी सरकारसँग दर्ता गर्नुपर्ने उल्लेख छ। यस नियमको पालना गर्न नसक्ने जो कोहीलाई पनि ५ हजार डलर जरिवाना वा जेल सजायको जोखिम हुन्छ।

यो नियम अप्रिलदेखि लागू भएको भए पनि क्यानाडालीहरूले न्यानो मौसमका लागि दक्षिणतर्फ सर्ने क्रममा अहिले यो परिवर्तन महसुस गरिरहेका छन्। अमेरिकी अध्यागमन वकिलले एक पटक यात्रु सीमामा पुगेपछि, अध्यागमन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेमा एजेन्टको स्वविवेक हुने बताएका छन् ।

यद्यपि उनले क्यानाडालीहरूले कहिलेकाहीं जी ३२५ आर नामक युएससीआईएसको फारम आगमनको ३० दिनभित्र भरेर शुल्क तिर्नबाट बच्न सक्ने बताएका छन् । यो फारमले आगन्तुकको अमेरिकी ठेगाना, इमेल, र वैवाहिक स्थिति लगायतका व्यक्तिगत प्रश्नहरूको सूची माग्दछ।





Source link

Leave a Comment