अमेरिकामा २४ बर्षपछिको भयानक विमान दुर्घटना, ६४ यात्रुमध्ये जीवितै उद्दार गर्न सकिने आशा समाप्त



प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

अमेरिकामा २४ बर्षपछिको भयानक विमान दुर्घटना, ६४ यात्रुमध्ये जीवितै उद्दार गर्न सकिने आशा समाप्त

अमेरिकाको वासिंटन डिसीमा सेनाको हेलिकप्टरसँग यात्रुवाहक विमान ठोक्किदा भएको दुर्घटनामा कोही पनि जीवित रहेको अपेक्षा गरिएको छैन । संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरुका अनुसार ६४ जना बोकेको यात्रुवाहक विमान वाशिंगटन, डीसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग  ठोक्किएको थियो ।

अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेका थिए । साथै हेलिकप्टर तीन जनाको चालक दलका साथ उडिरहेको थियो ।
हेलिकप्टरमा कुनै पनि उच्च सैनिक अधिकारी भने थिएनन् । अहिलेसम्म २८ जनाको शव निकालिएको छ भने अब कसैलाइै जीवितै उद्दार गर्ने आशा अधिकारीहरुले मारिसकेका छन् ।

पीएसएले यो उडान संचालन गरेको थियो । यो एक क्षेत्रीय एयरलाइन हो जसले अमेरिकन एयरलाइन्सका तर्फबाट उडानहरू सञ्चालन गर्दछ। हिजो बेलुका ९ बजेतिर हेलिकप्टरसँग ठोक्किएपछि विमान एयरपोर्ट नजिकै पोटोमाक नदीमा खसेको थियो ।

अमेरिकामा व्यवासायिक एयरलाइन्सको अन्तिम घातक दुर्घटना कोलगन एयर फ्लाइट ३४०७ थियो, जुन फेब्रुअरी १२, २००९ मा बफेलो नजिक दुर्घटनाग्रस्त हुँदा ५० जनाको मृत्यु भएको थियो । अमेरिकन एयरलाइन्स दुर्घटना भने पछिल्लो पटक नोभेम्बर २००१ मा भएको थियो । न्युयोर्क क्वीन्सको बेले हार्वर नजिक भएको दुर्घटनामा २५१ यात्रु र ९ चालकदलका सदस्यसहित २६० जनाको मृत्यु भएको थियो ।

 





Source link

Leave a Comment