अमेरिकामा हिमपात र चिसो बढ्दै, १५ करोड अमेरिकी प्रभावित हुने अनुमान



प्रकाशित मिति : माघ ६, २०८१ आईतबार

अमेरिकाले यस हप्ता चरम जाडो मौसमको सामना गर्दैछ । उत्तरी क्यानडाबाट आएको ध्रुवीय हावाले चिसो ल्याएको हो ।

देशका अधिकांश भागमा हिमपात तथा कठोर चिसो महसुस हुने छ । उत्तरी ध्रुवीय हावाको असर, हिमपात र दक्षिणमा शक्तिशाली हिउँदे आँधीको चेतावनी जारी गरिएको हो ।

अमेरिकाको ७५ प्रतिशत भन्दा बढि भूभागमा चिसो बढ्ने अनुमान गरिएको छ । ७० मिलियनभन्दा बढि अमेरिकी चिसोबाट प्रभावित हुने छन ।

अमेरिकाको टनेसीदेखि मेनसम्मका क्षेत्रहरुमा हिमपात हुनेछ ।

न्यूयोर्क ,वोस्टन र फिलाडेल्फियाजस्ता शहरहरुमा भारी हिमपातको संभावना रहेको छ । दक्षिणमा हिउँदे आँधीको संभावना छ । लुइजियाना र टेक्सासमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ ।

बर्फ र चिसोका कारण जमेको पानीले सडक यात्रालाई जोखिमपूर्ण बनाउने छ । अमेरिकाभरमा १५ करोडभन्दा बढि मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ ।

११ सय भन्दा बढि उडान रद्द भएका छन । स्थानीय अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न , न्यानोमा रहन र कमजोर अबस्थामा रहेका व्यक्तिहरुको रेखदेख गर्न आग्रह गरेका छन ।





Source link

Leave a Comment