अमेरिकामा हत्या अभियोग पुष्टि भएपछि इन्जेक्सनमार्फत मृत्युदण्ड



प्रकाशित मिति : असार १२, २०८२ बिहीबार


अमेरिकाको मिसिसिपीमा एकजनालाई मृत्युदण्ड दिइएको छ । सबैभन्दा लामो समयदेखि मृत्यु पर्खिरहेका बन्दी रिचर्ड जेराल्ड जोर्डन लाई बुधवार राति मृत्युदण्ड दिइएको हो ।

करिब ५० वर्षअघि बैंक ऋण अधिकारीकी श्रीमती इडविना मार्टरलाई अपहरण गरी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो ।

उनलाई १९७६ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको अपिललाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

अमेरिकामा हत्या अभियोग पुष्टि भएपछि इन्जेक्सनमार्फत मृत्युदण्ड

अमेरिकामा हत्या अभियोग पुष्टि भएपछि इन्जेक्सनमार्फत मृत्युदण्ड

उनलाई मिसिसिपी स्टेट पेनिटेन्सरी, पर्चमनमा लिथल इन्जेक्सनमार्फत सजाय दिइएको हो।

उनकी पत्नी मार्सा जोर्डन, कानूनी प्रतिनिधि क्रिस्सी नोबाईल र आध्यात्मिक मार्गदर्शक रेव टिम मर्फीले उन दिइएको मृत्युदण्डको दृश्य देखेका थिए ।

बेलायतमा डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरका अनुसार जोर्डन १९७० को दशकमा सजाय पाएका २२ मध्ये एक थिए ।

https://www.youtube.com/watch?v=videoseries

जोर्डनको पाँच दशक लामो कानुनी प्रक्रिया रहेका थिए । सर्वोच्च अदालतले उनको दावी अस्वीकार गर्यो ।

रिचर्ड जोर्डनको मृत्युदण्डले मिसिसिपीको ५० बर्ष लामो कानुनी विवादलाई अन्त्य गरेको छ ।

अमेरिकामा हत्या अभियोग पुष्टि भएपछि इन्जेक्सनमार्फत मृत्युदण्ड





Source link

Leave a Comment