“अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प



प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

“अमेरिकामा स्वर्ण युगको सुरुवात”: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्वर्ण युगको सुरुवात भएको बताएका छन् । राष्ट्रपति पदको सपथग्रहणपछिको सम्बोधनमा ट्रम्पले आफूले सधै अमेरिकालाई अगाडि राख्ने बताएका छन् ।

ट्रम्पले सम्बोधनमा न्यायको तराजुलाई पुनः सन्तुलित गरिनेछ। ‘डिपार्टमेन्ट अफ जस्टिस र सरकारको दुष्ट, हिंसात्मक र अनुचित हतियार’ समाप्त हुने बताए । अमेरिकालाई पुन महान बनाउनका लागि आफूलाई भगवानले बचाएको उनले बताए ।

डोनाल्ड ट्रम्पले राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेको आत्मविश्वास र आशाका साथ आफू ४७ औं राष्ट्रपतिका रुपमा फर्किएको बताएका छन् । उनले देशमा परिवर्तनको लहर रहेको बताए । उनले पूरै विश्वमा सूर्यको किरण झरिरहेको छ र अमेरिकासँग यो अवसरको फाइदा उठाउने मौका अहिलेजस्तो पहिले कहिल्यै नभएको ट्रम्पले बताए ।





Source link

Leave a Comment