अमेरिकामा सैन्य परेडको तयारी, राष्ट्रपति ट्रम्पको जन्मदिन पनि सोही दिनमै



प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार

अमेरिकी सेनाले सैन्य परेडको तयारी गरेको छ । अमेरिकी सेनाको २५०औं वार्षिकोत्सवका लागि सैन्य परेडको तयारी भएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

आगामी १४ जूनमा अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव मनाउन वाशिंगटन डिसीको नेशनल मलमा सैन्य परेड आयोजना गरिनेछ । संयोगवश, सोही दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि पर्छ ।

सेनाका प्रवक्ताले बताएअनुसार पूरै दिन चल्ने गरी यो उत्सव आयोजना हुने । जसमा ६ हजार ६०० सैनिक, १५० सवारीसाधन र ५० वटा विमान प्रदर्शन गरिनेछन् ।

अमेरिकामा सैन्य परेडको तयारी, राष्ट्रपति ट्रम्पको जन्मदिन पनि सोही दिनमै

अमेरिकामा सैन्य परेडको तयारी, राष्ट्रपति ट्रम्पको जन्मदिन पनि सोही दिनमै

ट्रम्पले राष्ट्रपति बनेको पहिलो कार्यकालमा नै सैन्य परेड गर्ने प्रस्ताव राखेका थिए । तर अनुमानित खर्च करिब ९० मिलियन डलर पुग्ने देखिएपछि योजना रद्द गरिएको थियो।

शुक्रबार, ट्रम्पले अर्को घोषणा गर्दै भेटेरान्स डेलाई विजय दिवसू भनेर पुनःनामकरण गर्ने योजना सार्वजनिक गरेका छन । यो नाम परिवर्तन अमेरिकी योगदानको सम्मान स्वरूप हो भने ट्रम्पले भनेका छन ।

सेनाले १४ जूनको सैन्य उत्सव भव्य बनाउन थप उपकरण प्रदर्शन, क्षमता प्रदर्शन र सामुदायिक सहभागिता पनि बढाइने बताएको छ ।

ट्रम्पले सन् २०१८ मा पहिलोपटक भेटेरान्स डेमा सैन्य परेड गर्ने प्रस्ताव राखेका थिए । उनले २०१७ मा पेरिसको बास्टिल डे समारोहमा सहभागी भएपछि अमेरिकाले पनि त्यसलाई आयोजना गर्नुपर्ने बताए।

ट्रम्पले ८ मेलाई पनि विजय दिवस मनाउने प्रस्ताव गरेका छन । यो दिन दोस्रो विश्वयुद्धको युरोपेली मोर्चामा जर्मनीले आत्मसमर्पण गरेको थियो ।

अमेरिकामा सैन्य परेडको तयारी, राष्ट्रपति ट्रम्पको जन्मदिन पनि सोही दिनमै

दुवै मितिहरू इतिहासमा महत्त्वपूर्ण छन् । ११ नोभेम्बर १९१८ मा पहिलो विश्वयुद्ध अन्त्य भएको थियो । ८ मे १९४५ मा जर्मनीले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्ध युरोपमा समाप्त भएको थियो।

तर पछि, ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले एक्स मा लेख्दै, ‘हामी सधैं भेटेरान्स डे को सम्मान गर्नेछौं र विश्वयुद्धहरू अन्त्य भएको दिनलाई ‘विजय दिवस’ को रूपमा पनि सम्झना गर्नेछौं भनेकी छन ।

यस वर्ष बेलायत, फ्रान्स, क्यानाडा लगायतका देशहरूले दोस्रो विश्वयुद्ध युरोपमा अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा विजय दिवस मनाइरहेका छन् । सो अवसरमा रुसले पनि ग्रेट पाट्रियोटिक वार को नाममा विशाल परेडसहित समारोह आयोजना गर्दै आएको छ।

दोस्रो विश्वयुद्धमा करिब २७ लाख सोभियत नागरिकको मृत्यु भएको थियो । युद्धको सुरुआत १९३९ मा जर्मनी र सोभियत संघले पोल्याण्डमा हमला गर्दा भएको थियो।

न्यू अर्लिन्सस्थित अमेरिकी द्वितीय विश्वयुद्ध संग्रहालयका अनुसार युद्धमा करिब ४ लाख १८ हजार अमेरिकी मारिएका थिए । जसमध्ये ४ लाख १६ हजार सैनिक थिए।





Source link

Leave a Comment