अमेरिकामा सैन्य आधार शिविरमा गोली चल्दा ५ सैनिक घाइते



प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार


अमेरिकाको जर्जिया राज्यमा रहेको सैन्य आधार शिविरमा मा आर्मी सार्जेन्टले गोली चलाउँदा पाँच जना अमेरिकी सैनिक घाइते भएका छन् । त्यसपछि अन्य सैनिकले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि थप क्षति हुन पाएन ।

आक्रमणकारी सैनिक क्वोर्नेलियस राडफोर्ड रहेको सैनिक अधिकारीहरूले बताएका छन । उनले आफ्नो निजी हाते हतियार प्रयोग गरी आफ्नै सहकर्मी सैनिकलाई लक्षित गर्दै गोली चलाएका थिए।

फोर्ट स्टुअर्ट नामको यो सैन्य आधार अटलान्टाबाट करिब ३८६ किलोमिटर दक्षिण–पूर्वमा पर्छ । गोलीकाण्डपछि पुरै आधार शिविरमा लकडाउन गरिएको थियो।

ती सबै पाँच जना घाइते सैनिकहरूको अवस्था अहिले स्थिर रहेको छ । उनीहरूको उपचार भइरहेको ३ औं इन्फ्यान्ट्री डिभिजनका कमान्डिङ जनरल ब्रिगेडियर जनरल जोन लुबासले जानकारी दिए । घाइते मध्ये तीन जना घाइते सैनिकको शल्यक्रिया गरिएको छ।

जनरल लुबासले आक्रमणकारी सैनिक पूर्व लडाइँ क्षेत्रमा नखटिएको बताए । साथै, उनले आक्रमण रोक्न तत्काल र निडरतापूर्वक प्रतिक्रिया जनाएका सैनिकहरूलाई धन्यवाद दिए।

क्वोर्नेलियस राडफोर्ड २ औं ब्रिगेड कम्ब्याट टिममा कार्यरत ड्युटी सैनिक थिए । उनलाई हाल थुनामा राखिएको छ । सेनाको आपराधिक अनुसन्धान टोलीले सोधपुछ गरिरहेको छ । हमलाको कारण भने अहिलेसम्म खुलाइएको छैन।

जनरल लुबासका अनुसार राडफोर्डलाई पहिले एकपटक ड्राइभिङ अन्डर द इन्फ्लुएन्स को अभियोगमा स्थानीय प्रहरीले पक्राउ गरेका थिए ।

आक्रमणमा प्रयोग गरिएको पिस्तोल सेनाको नभएको बताइएको छ । सैनिक आधार शिविरमा निजी हतियार कसरी प्रवेश गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।

अमेरिकामा सैन्य आधार शिविरमा गोली चल्दा ५ सैनिक घाइते

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा सैनिकहरूलाई घटनास्थलबाट सुरक्षित स्थानमा लगिएको देखिन्छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटले ‘यो एउटा अमानवीय घटना हो र अपराधीलाई कानुनी रूपमा कडाभन्दा कडा सजाय दिइनेछ। हामी यो घटना बिर्सदैनौ’भनेका छन ।

झण्डै २ लाख ८० हजार एकड क्षेत्रफलमा फैलिएको फोर्ट स्टुअर्ट मिसिसिपी नदीको पूर्वतर्फ रहेको सबैभन्दा ठूलो अमेरिकी सेनाको आधार हो ।

त्यहाँ करिब १० हजार मानिस बसोबास गर्छन् । यो हाइन्सभिल नामक सहरमा पर्छ । साभान्ना शहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिममा रहेको छ ।





Source link

Leave a Comment