अमेरिकामा सेक्रेट सर्भिसका ६ कर्मचारी निलम्बित, अनुसन्धानप्रति राष्ट्रपति ट्रम्प सन्तुष्ट



प्रकाशित मिति : असार २६, २०८२ बिहीबार


अमेरिकामा सेक्रेट सर्भिस अर्थात गोप्य सेवामा ६ जना कर्मचारी निलम्बित भएका छन । तत्कालिन पूर्व राष्ट्रपति अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयासमा सुरक्षामा चुकः भएको भन्दै छ जना गोप्य सेवाका कर्मचारीलाई निलम्बित गरिएको हो ।

ट्रम्पमाथि गएको वर्ष पेनसिल्भेनियाको बट्लरमा भएको हत्या प्रयासका क्रममा सुरक्षामा कमजोरी भएको ठहर गर्दै अमेरिकी गोप्य सेवाले छ जना कर्मचारीलाई निलम्बन गरेको अधिकारीले पुष्टि गरेका छन्।

गत वर्ष १३ जुलाईमा आयोजित र्यालीमा म्याथ्यु क्रुक्सले ट्रम्पमाथि गोली प्रहार गरेका थिए ।

अमेरिकामा सेक्रेट सर्भिसका ६ कर्मचारी निलम्बित, अनुसन्धानप्रति राष्ट्रपति ट्रम्प सन्तुष्ट

अमेरिकामा सेक्रेट सर्भिसका ६ कर्मचारी निलम्बित, अनुसन्धानप्रति राष्ट्रपति ट्रम्प सन्तुष्ट

गोलीले ट्रम्पको कान छोएर निस्किएको थियो भने अर्का सहभागी कोरी कम्पेराटोरको मृत्यु भएको थियो। आक्रमणकारी क्रुक्सलाई घटनास्थलमै गोली हानी मारिएको थियो ।

गोप्य सेवाको हालै सार्वजनिक गरिएको रिपोर्ट अनुसार, बट्लरको उक्त घटना “ हत्याको असफल प्रयास ” थियो । संस्थाले ती कर्मचारीलाई १० देखि ४२ दिनसम्म बिनातलब र सुविधाविनाको अवकाश दिई निलम्बन गरिएको बताएको छ।

सेक्रेट सर्भिसका डिप्टी डाइरेक्टर म्याट क्विनले भने, “बट्लरको सम्पूर्ण जिम्मेवारी गोप्य सेवाको हो। त्यो घटनामा सुरक्षा व्यवस्था असफल रह्यो, र हामी अहिले त्यसको पुनरावृत्ति नहोस् भन्ने सुनिश्चित गर्न काम गरिरहेका छौं।”

क्विनले मे महिनामा पद सम्हालेका हुन् र उनले सुरक्षा प्रणालीमा थुप्रै सुधार गरिएको जनाएका छन् । जसमा सैन्य स्तरका ड्रोन, सुधारिएको मोबाइल कमान्ड पोष्ट, तथा हवाई सुरक्षा विभागको स्थापना समावेश छन्।

निलम्बित कर्मचारीहरूको नाम र तिनीहरूको घटनाको दिनको भूमिका भने खुलाइएको छैन । अमेरिकी संसदले पछिल्लो एक वर्षदेखि गोप्य सेवाको तीव्र आलोचना गर्दै आएको छ ।

अमेरिकामा सेक्रेट सर्भिसका ६ कर्मचारी निलम्बित, अनुसन्धानप्रति राष्ट्रपति ट्रम्प सन्तुष्ट

गत सेप्टेम्बरमा सार्वजनिक ९४ पृष्ठ लामो सिनेट रिपोर्टमा घटनाको कारण सुरक्षामा चुक र कमजोर समन्वय भएको उल्लेख गरिएको थियो। डिसेम्बरमा हाउस अफ रिप्रेजेन्टेटिभ्सको टास्कफोर्सले पनि उक्त हमला ‘पूर्वनियोजित रूपमा रोक्न सकिने’ भनेर बताएको थियो।

आक्रमणपछि त्यतिबेला गोप्य सेवाकी निर्देशक किम्बरली चिटलले राजीनामा दिएकी थिइन्।

ट्रम्पले भने, “बट्लरमा गोप्य सेवाले खराब दिन भोग्यो। त्यहाँ गल्तीहरू भए, त्यो हुनु हुँदैनथ्यो।” यद्यपि उनले अनुसन्धानप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
ट्रम्पको सुरक्षामा त्यसयता उच्च स्तरको सुरक्षा व्यवस्था लागू गरिएको छ।

गत सेप्टेम्बरमा फ्लोरिडामा रहेको ट्रम्पको गल्फ कोर्समा अर्को हमलाकारी झाडीभित्र लुकेको अवस्थामा फेला परेपछि उनलाई पुनः सुरक्षित स्थानमा सारिएको थियो । एफबीआईले उक्त घटनालाई पनि हत्या प्रयासको रूपमा लिएको छ।





Source link

Leave a Comment