अमेरिकामा साथीको हत्या अभियोगमा ४३ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर



प्रकाशित मिति : कार्तिक १, २०८२ शनिबार

अमेरिकामा साथीको हत्या अभियोगमा ४३ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

अमेरिकामा ४३ वर्षसम्म जेलमा बसेका एक व्यक्ति निर्दोष रहेको प्रमाणित भएको छ। साथीको हत्याको आरोपमा उनलाई जेल सजाय भएको थियो।

तर ४३ वर्षपछि सुब्रमण्यम “सुबु” वेदम निर्दोष प्रमाणित भएपछि रिहा भएका हुन्। रिहा भएपछि उनी अहिले फेरि नयाँ संकटमा परेका छन्।

तर परिवारको काखमा पुग्नुअघि नै उनलाई अमेरिकी आप्रवासन र सीमा सुरक्षा विभाग (आइस) ले पक्राउ गरेर भारत पठाउने तयारी गरेको छ। भारतमा जन्मेका उनले शिशु कालपछि बसोबास पनि भारतमा गरेका छैनन्।

अमेरिकामा साथीको हत्या अभियोगमा ४३ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

अमेरिकामा साथीको हत्या अभियोगमा ४३ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

उनको कानुनी टोली अहिले डिपोर्टेसन आदेशविरुद्ध लडिरहेको छ। परिवारले उनलाई स्थायी रूपमा हिरासतबाट मुक्त गराउने प्रयास गरिरहेको बताएको छ।

उनकी दिदी सरस्वती वेदमका अनुसार परिवार अहिले “नयाँ र धेरै फरक” परिस्थितिको सामना गर्दैछ।

४० वर्षअघि, सुबु वेदमलाई उनका पूर्व कोठा साथी १९ वर्षीय टम किन्सरको हत्या आरोपमा दोषी ठहराइएको थियो। किन्सरको शव नौ महिनापछि जङ्गलमा गोलीको घाउसहित भेटिएको थियो।

सुबुलाई हत्या आरोपमा मुद्दा चलाएपछि जमानत अस्वीकृत गरिएको थियो। पासपोर्ट र ग्रीन कार्डसमेत जफत गरेर उनलाई “भाग्ने सम्भावना भएको विदेशी” भनेर लेबल गरिएको थियो।

दुई वर्षपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। तर सुबु वेदमले सधैँ हत्या आरोपमा निर्दोष भएको दाबी गर्दै आएका थिए। उनका समर्थक र परिवारले भने शारीरिक प्रमाण नभएको कुरामा जोड दिएका थिए। अदालतले उनलाई हत्या आरोपमा निर्दोष ठहर गरेको छ। तर उनीविरुद्ध लागुऔषध मुद्दा भने कायमै रहेको छ।

अमेरिकामा साथीको हत्या अभियोगमा ४३ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

सुबु वेदमको भारतसँग सम्बन्ध कमजोर रहेको परिवारले बताएको छ। जन्म भारतमा भए पनि उनी नौ महिनामै अमेरिका आइसकेका थिए। बाँकी रहेका नातेदार पनि टाढाका रहेका छन्।

न्याय पाएको व्यक्ति पनि कानुनी प्रक्रियाका कारण पुनः संकटमा पर्न सक्छ भन्ने उनको यो अवस्थाले देखाएको छ।





Source link

Leave a Comment