अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ



प्रकाशित मिति : आश्विन ११, २०८२ आईतबार

अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ

अमेरिकाको टेक्सासमा गोली चलाउन धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सङ्घीय निकायहरूले समलैङ्गी अधिकारसम्बन्धी (एलजीबीटीक्यू) समर्थनमा हुने ‘प्राइड परेड’मा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ गरेका छन्।

पक्राउ परेका व्यक्ति जोशुआ कोल हुन्। उनले “जे डब्लु” नामको फेसबुक खाताबाट २० सेप्टेम्बरमा एबिलिन शहरमा हुने ‘प्राइड परेड’मा गोलीकाण्ड मच्चाउने धम्की दिएका थिए। उनले लेखेका थिए, “तिनीहरूको परेडको केही मतलब छैन। हतियार उठाऔँ र चार्ली कर्कलाई मार्नेहरूको बदलास्वरूप तिनीहरूलाई कारबाही गरौँ।”

अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ

अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ

चार्ली कर्क नामका रिपब्लिकन राजनीतिक कार्यकर्ताको १० सेप्टेम्बरमा युटा भ्याली युनिभर्सिटीमा हत्या भएको थियो।

हत्यामा संलग्न भएको आरोप लागेका टायलर रोबिन्सनले कर्कको “घृणात्मक विचार” बाट आजित भएको र पछिल्ला वर्षहरूमा समलैङ्गी तथा ट्रान्स अधिकार समर्थक बनेपछि यस्तो कदम उठाएको अधिकारीहरूले भनेका छन्।

एफबीआईका विशेष एजेन्ट साम भेनुटीले अनुसन्धानबाट उक्त फेसबुक खाता कोलकै हो भनेर पुष्टि भएको बताएका छन्। कोलले काम गर्ने स्थानमा खोज्दा उनी अचानक राजीनामा दिएर रिसाएको अवस्थामा निस्केको पत्ता लागेको थियो।

उनका सहकर्मीहरूले उनलाई “उग्र स्वभावको” भनेका थिए। केही समयपछि स्थानीय प्रहरीले ‘ट्राफिक स्टप’ गरेर उनलाई नियन्त्रणमा लिएका थिए। सोधपुछ गर्दा उनले आफूसँग हतियार भएको, फेसबुक खाता सञ्चालन गरेको र धम्कीपूर्ण पोस्टहरू आफैँले लेखेको स्वीकार गरेका छन्।

कोलले आफ्ना भनाइहरूलाई सामान्य मानिसले “धम्की”को रूपमा बुझ्न सक्ने कुरालाई भने स्वीकार गरेका बताइएको छ। तर उनले वास्तवमा ‘प्राइड परेड’मा गोली चलाउने योजना नभएको दाबी गरेका छन्।

अमेरिकामा समलैङ्गी परेडमा गोली चलाउने धम्की दिएको आरोपमा पक्राउ

कोलमाथि सङ्घीय कानुन अनुसार धम्कीपूर्ण सञ्चार गरेको अभियोग लगाइएको छ। दोषी ठहरिएमा उनीलाई ५ वर्षसम्म कैद सजाय हुन सक्छ। प्रारम्भिक अदालतको सुनुवाइमा न्यायाधीशले उनलाई अनुसन्धान पुरा नहुँदासम्म हिरासतमा राख्न आदेश दिएका छन्।

एबिलिन ‘प्राइड अलायन्स’ले विज्ञप्ति जारी गर्दै समुदायको सुरक्षालाई सधैँ प्राथमिकतामा राखेको बताएको छ।

ट्रम्प प्रशासनले चार्ली कर्कका विचारहरूको विरोध गर्ने वामपन्थी समूहहरूमाथि कारबाही गर्ने धम्की दिँदै आएको छ। तर कोलको गिरफ्तारीबारे भने कुनै आधिकारिक टिप्पणी गरिएको पाइएको छैन।





Source link

Leave a Comment