अमेरिकामा शरणबाट ग्रिनकार्ड पाउने नेपाली ५० हजार नाघे, अधिकांशको दावी माओवादीपीडित



प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

अमेरिकामा शरणबाट ग्रिनकार्ड पाउने नेपाली ५० हजार नाघे, अधिकांशको दावी माओवादीपीडित

पछिल्लो दुई दशकमा अमेरिकामा नेपाली आप्रवासनको एउटा उल्लेखनीय प्रवृत्ति देखिएको छ। यो २ दशकमा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कअनुसार ५०,६१३ नेपालीले शरणबाट अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्। ग्रिनकार्ड पाउने धेरै नेपालीले माओवादीबाट खतरा भएको कारणले नेपाल छोडेको उल्लेख गरेका छन्।

माओवादी विद्रोह आधिकारिक रूपमा करिब २० वर्षअघि सन् २००६ मा व्यापक शान्ति सम्झौतासँगै समाप्त भएको थियो। त्यसयता माओवादीहरू नेपालको राजनीतिक मूलधारमा समाहित भएका छन् र पटक पटक सरकारमा समेत सहभागी भएका छन्। अमेरिकी सरकारले एक दशकभन्दा बढी समयअघि माओवादीहरूलाई आतङ्कवादी सूचीबाट हटाएको निर्णयले माओवादी पीडित भएका आधारमा शरण दाबीहरूको निरन्तरतामाथि प्रश्न उठाएको छ । जसका कारण सिधै युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या १ प्रतिशतभन्दा पनि कम रहेको छ ।

सुरुका वर्षहरूमा शरणबाट ग्रिनकार्ड पाउने नेपालीहरुको सङ्ख्या न्यून थियो । आर्थिक वर्ष २००३ मा जम्मा १२ नेपालीले शरणार्थी वा एसाइलीका रूपमा ग्रीन कार्ड प्राप्त गरेका थिए, त्यसपछि २००४ मा १५ र २००५ मा ७२ जना नेपालीले ग्रिनकार्ड पाए । सन् २००६ मा ठूलो वृद्धि सुरु भयो, जसमा ३९५ नेपालीले ग्रीन कार्ड प्राप्त गरे ।

अमेरिकामा शरणबाट ग्रिनकार्ड पाउने नेपाली ५० हजार नाघे, अधिकांशको दावी माओवादीपीडित

अमेरिकामा शरणबाट ग्रिनकार्ड पाउने नेपाली ५० हजार नाघे, अधिकांशको दावी माओवादीपीडित

सन् २००७ मा ६८३, २००८ मा ९११, २००९ मा ८१२ र २०१० मा ३,०९३ नेपालीले शरणार्थी वा एसाइलीका रुपमा ग्रिनकार्ड पाए। २०११ मा ५,२९९, २०१२ मा ५,९८७, २०१३ मा ६,१३७, २०१४ मा ५,५१६, २०१५ मा ५,२६१ र २०१६ मा ४,२०९ जना नेपालीहरुले शरणार्थी वा एसाइलीका रुपमा ग्रिनकार्ड पाए । २०१३ देखि २०१५ सम्म, नेपालीको शरणमा आधारित ग्रीन कार्ड स्वीकृतिको शिखर हो, जसको वार्षिक औसत ५,५०० भन्दा बढी थियो।

सन् २०१७ देखि सङ्ख्या केही घट्न थाल्यो । २०१७ मा ३,२८७, २०१८ मा ३,३४६, २०१९ मा २,१९२, २०२० मा १,६१६, २०२१ मा ५१८ र २०२२ मा १,२६२ जना नेपालीहरुले शरणार्थी वा एसाइलीका रुपमा ग्रिनकार्ड पाए । सन् २०२१ मा महामारीसम्बन्धी आप्रवासन प्रक्रियामा आएको अवरोधका कारण पनि ग्रिनकार्ड पाउने दर केही कम थियो । यो संख्या ती बर्षहरुमा ग्रिनकार्ड स्वीकृत हुनेहरुको हो, एसाइलम स्वीकृत हुनेहरुको संख्या होइन । विगतमा एसाइलम स्वीकृत भएको १ बर्षपछिमात्र ग्रिनकार्ड आवेदन दिन पाउने प्रावधान थियो भने बाइडेन प्रशासनले एसाइलम स्वीकृत हुनासाथ ग्रिनकार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको थियो । यद्यपी ग्रिनकार्ड स्वीकृत हुनका लागि भने एसाइलम स्वीकृत भएको एक बर्ष पूरा भएको हुनैपर्छ ।

पछिल्ला बर्षहरुमा युएससीआईएसबाटमात्र होइन, अध्यागमन अदालतबाट समेत एसाइलम स्वीकृत दरमा निकै कमी आएको छ । आर्थिक वर्ष २०२४ मा अमेरिकी अध्यागमन अदालतहरूमा नेपालीहरूको एसाइलम स्वीकृति दर ६० प्रतिशत रहेको थियो । यो आँकडा विश्वव्यापी रूपमा उच्चमध्ये एक भए पनि यो अघिल्लो वर्षको ६४ प्रतिशत स्वीकृति दरबाट घटेको हो।

आर्थिक वर्ष २०२४ मा नेपाली आवेदकहरू समावेश ४९३ एसमइलम अदालतबाट स्वीकृत भए । आर्थिक वर्ष २०२३ मा नेपालीहरूका ६०१ एसाइलम स्वीकृत भएका थिए । सन् २०२२ मा ४८८ जना नेपालीको एसाइलम अदालतबाट स्वीकृत भएको थियो । सन् २०२१ मा जम्मा १४३ नेपालीले अदालतबाट एसाइलम प्राप्त गरे, जबकि सन् २०२० मा यो सङ्ख्या ३०८ थियो। यी चुनौतीहरूका बाबजुद, नेपालीहरूले सन् २०१९ मा ६०६ एसाइलम स्वीकृतिको साथ रेकर्ड तोडेका थिए ।

२०१८ मा ४७०, २०१७ मा २९०, २०१६ मा २६०, २०१५ मा २५०, २०१४ मा २९२ र २०१३ मा ३८१ जना नेपालीको एसाइलम अमेरिकी अध्यागमन अदालतहरूबाट स्वीकृत भएका थिए। तर युएससीआईएसबाट एसाइलम स्वीकृत हुने दर निकै कम छ । सन् २०२३ मा जम्मा २० नेपालीको एसाइलम युएससीआईएसबाट स्वीकृत भएको थियो ।

अमेरिकामा शरणबाट ग्रिनकार्ड पाउने नेपाली ५० हजार नाघे, अधिकांशको दावी माओवादीपीडित

हाल अमेरिकी अध्यमगन अदालतहरूमा करिब १० हजार नेपालीका एसाइलमका मुद्दाहरु विचाराधीन छन् युएससीआईएसमा नेपालीहरूका करिब ५ हजार एसाइलम आवेदन विचाराधीन छन् । अहिलेको स्वीकृत दर कायम रहेमा आगामी केहीबर्षमा यी १५ हजारमध्ये झण्डै आधाको एसाइलम अस्वीकृत हुने खतरा रहेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School