अमेरिकामा विवादास्पद यौनकाण्ड प्रकरण: सार्वजनिक दस्तावेजमा ट्रम्प र क्लिन्टनको नाम



प्रकाशित मिति : पुस ४, २०८२ शनिबार

अमेरिकामा विवादास्पद यौनकाण्ड प्रकरण: सार्वजनिक दस्तावेजमा ट्रम्प र क्लिन्टनको नाम

अमेरिकामा विवादास्पद यौनकाण्डसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनको नाम पनि जोडिएको छ।  

जेफ्री एप्स्टिनसँग सम्बन्धित सामग्रीहरू लगातार सार्वजनिक भए पनि धेरै मानिसहरू भने निराश भएका छन्। विशेष गरी यो फाइलको प्रतीक्षा गरिरहेकाहरूमा निराशा बढी देखिएको छ।

अमेरिकी कंग्रेसले पारित गरेको कानुनअनुसार न्याय मन्त्रालयलाई एप्स्टिनका अपराधसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न निर्देशन दिइएको थियो।

तर, सार्वजनिक गरिएका धेरै दस्तावेजहरूमा ठूलो मात्रामा ‘कालो मसी’ लगाइएको छ, जसले गर्दा महत्वपूर्ण विवरणहरू पढ्न सकिँदैन। कतिपय कागजातहरू अझै गोप्य नै राखिएका छन्।

यी फाइल सार्वजनिक गर्न दबाब दिने सांसदहरूले यो प्रक्रिया अपूर्ण रहेको बताएका छन्। न्याय मन्त्रालयको प्रयासलाई “अपूर्ण र इमानदार नभएको” भन्दै आलोचना भइरहेको छ। कानुनी विज्ञहरूले अत्यधिक ‘कालो मसी’ लगाइँदा षड्यन्त्रका सिद्धान्तहरू ले अझ बल पाउने चेतावनी दिएका छन्।

उप–अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार मन्त्रालयले १,२०० भन्दा बढी पीडित वा उनीहरूका आफन्तको पहिचान गरेको छ।

हालै सार्वजनिक सामग्रीमा एप्स्टिनकी सहयोगी घिस्लेन म्याक्सवेल डाउनिङ स्ट्रिट बाहिर उभिएको तस्बिर समावेश छ। यस्तै, एप्स्टिनले एक १४ वर्षीया किशोरीलाई ‘मार-ए-लागो’ मा डोनाल्ड ट्रम्पसँग परिचय गराएको दाबी गरिएको कागजात र बिल क्लिन्टनका थुप्रै तस्बिरहरू पनि बाहिरिएका छन्।

ट्रम्पले एप्स्टिनसँग सम्बन्धित कुनै पनि गलत कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्। एप्स्टिनका पीडितहरूले पनि ट्रम्पमाथि कुनै औपचारिक आरोप लगाएका छैनन्। त्यस्तै, बिल क्लिन्टनले पनि एप्स्टिनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

कागजातमा नाम उल्लेख हुनु वा तस्बिरमा देखिनु आफैंमा अपराधको प्रमाण होइन। फाइलमा नाम आएका धेरै व्यक्तिहरूले कुनै पनि गलत कार्यमा संलग्नता अस्वीकार गरेका छन्।

न्याय मन्त्रालयले कंग्रेसको आदेश पालना गर्ने क्रममा केही सर्तहरू लागू गरिएको जनाएको छ। पीडितहरूको गोपनीयता, बाल यौन शोषण र शारीरिक हिंसासँग सम्बन्धित सामग्री, जारी अनुसन्धानलाई असर पार्ने तथ्यहरू, र राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य विषयहरूमा मात्र ‘कालो मसी’ प्रयोग गरिएको मन्त्रालयको दाबी छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment