अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

न्यूयोर्कस्थित अध्यागमन कानुन व्यवसायी एलन लीले गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गर्नेहरू अहिले ट्रम्प प्रशासनको कडा निगरानीमा रहेको भन्दै गैरआप्रवासी भिसामा अमेरिकाभित्र हुनेहरूलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्राबाट टाढा रहन सुझाव दिएका छन्। उनले भनेका छन्, “गैरआप्रवासीहरूमाथि अमेरिका प्रवेशको क्रममा अधिकार निकै सीमित छ र उनीहरूलाई अध्यागमन अदालतमा सुनुवाइबिनै फिर्ता पठाउन सकिन्छ।”

ट्रम्प प्रशासनको कार्यकारी आदेश १४१६१ अनुसार अमेरिका प्रवेश गर्ने वा भित्र रहेका सबै विदेशी नागरिकको अधिकतम स्तरमा छानबिन र स्क्रिनिङ गरिने नीति लागू गरिएको छ। यसअन्तर्गत अमेरिकी दूतावास तथा सीमा सुरक्षामा सख्त जाँच गरिँदै छ। विशेषगरी विद्यार्थी भिसा लिनेहरू, पूर्व भिसा रद्द गरिएकाहरू र सामाजिक सञ्जालमा सरकार वा इजरायलविरुद्ध टिप्पणी गरेका व्यक्तिहरू निगरानीमा छन्।

विद्यार्थी र एक्सचेन्ज भिसाका लागि आवेदन दिनेहरूलाई अनिवार्य रूपमा सोसल मिडिया चेकका लागि फ्रड प्रिभेन्सन युनिटमा पठाइने गरिएको छ। यस्तो प्रक्रिया अमेरिकी परराष्ट्र मन्त्री मार्को रुबियोको १७०० शब्दको गोप्य केबलमार्फत मार्च २५, २०२५ मा सुरु गरिएको हो।

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

भिसा भएकाहरूलाई अमेरिका प्रवेशको समयमा फोन खोलेर म्यासेज, फोटो तथा पोस्टहरू जाँच्ने, ट्रम्पविरुद्ध टिप्पणी गरे फिर्ता गराउने जस्ता घटना बढेका छन्। ग्रीन कार्ड भएका व्यक्तिहरू पनि विगतका सामान्य कानुनी मुद्दा वा राजनीतिक गतिविधिका कारण हिरासतमा परेका छन्।

हालै रुबियोले आपराधिक मुद्दामा संलग्न गैरआप्रवासीहरूको भिसा तुरुन्त रद्द गरिनुपर्ने अभिव्यक्ति दिएपछि सयौं गैरआप्रवासी भिसावाहकहरूको भिसा रद्द गरिएको र केही हिरासतमा लिइएको पुष्टि भएको छ।

अब लागू हुन लागेको नयाँ यात्रा प्रतिबन्धमा ४३ देशलाई रेड लिस्टमा राखेर पूर्ण रूपमा निषेध गरिने, अरेन्ज सूचीका देशबाट आउनेहरूलाई कडाइ गरिने र येलो सूचीभित्रका देशलाई ६० दिनभित्र सुधार गर्न समय दिइने छ।

यस्तो अवस्थामा, कानुन व्यवसायी एलन लीले अमेरिकामा बसोबास गर्ने गैरआप्रवासी भिसा होल्डरहरूलाई विदेश जाने योजना गर्दा दुईपटक सोच्न आग्रह गरेका छन्। “भिसा केवल यात्रा गर्नका लागि हो। यदि तपाईंले यूएससीआईएसबाट भित्र बस्न अनुमतिसहितको स्टेटस परिवर्तन प्राप्त गरिसक्नुभएको छ भने भिसा स्ट्याम्प गराउन विदेश जानु आवश्यक छैन। अबको यात्रा प्रतिबन्ध लागू भएमा बाहिर फसेर जीवन बदलिने जोखिम रहन्छ,” उनले भनेका छन्।

अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव

उनका अनुसार ट्रम्प प्रशासनले अमेरिकी पर्यटन, अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी सहयोग गुमाउने जोखिम मोलेर पनि आफ्नो राजनीतिक एजेन्डा पूरा गर्ने सङ्केत दिएको छ।

Source link

Leave a Comment