प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

अमेरिकी ट्रान्सपोटेशन डिपार्टमेन्टले देशभर लागू गरिएको उडान कटौतीसम्बन्धी आपत्कालीन आदेश फिर्ता लिएको छ। सरकारले अक्टोबरदेखि सुरु गरेको शटडाउनका कारण हवाई ट्राफिक नियन्त्रकहरूको अनुपस्थिति बढेपछि ७ नोभेम्बरदेखि एयरलाइन्सहरूलाई निर्धारित उडान सङ्ख्या घटाउन बाध्य पारिएको थियो।
शटडाउन अन्त्य भएपछि कर्मचारीहरू काममा फर्किन थालेका छन् । अहिले हवाई सुरक्षामा देखिएको दबाब उल्लेख्य रूपमा कम भएको ट्रान्सपोटेशन डिपार्टमेन्टले जनाएको छ । थ्याङ्क्सगिभिङको व्यस्त यात्रा अवधि सुरु हुनुअघि नै स्थिति सामान्यतर्फ फर्किन सुरु गरेको अधिकारीहरूले बताएका छन्।
यस वर्ष थ्याङ्क्सगिभिङको अवकाशमा ६ मिलियनभन्दा बढी अमेरिकी यात्रुले हवाई यात्रा गर्ने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा करिब २ प्रतिशत वृद्धि हो। यस्तो भीडलाई ध्यानमा राख्दै सङ्घीय उड्डयन प्रशासन (एफएए)ले उडान कटौती आदेश हटाइएको घोषणा गरेको हो।
अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीले भने, “नियन्त्रकहरू आफ्ना पोस्टमा फर्किएका छन् । अब हवाई सेवा सामान्य रूपमा चल्छ ।” उनले अब अत्याधुनिक हवाई यातायात नियन्त्रण प्रणाली निर्माण र नयाँ नियन्त्रक भर्नामा ध्यान केन्द्रित गरिने बताए।
४३ दिन लामो शटडाउन अमेरिकी इतिहासकै सबैभन्दा लामो थियो, जसले हवाई सेवा क्षेत्रलाई गम्भीर असर पारेको थियो। तलब नपाएर धान्नै कठिन भएका धेरै नियन्त्रकहरूले दोहोरो काम लिनुपरेको थियो भने काममा हाजिर हुनेहरूले थकान र तनाव झेल्नुपरेको थियो ।
शटडाउनको चरम अवस्थामा हजारौँ उडान रद्द र ढिला भएका थिए। एफएएले केही एयरलाइन्सहरूले आदेशको समयमा उडान कटौती नियम नमानेको बारे रिपोर्ट प्राप्त भएको जनाउँदै आवश्यक कारबाहीका विकल्पहरू समीक्षा भइरहेको बताएको छ।
गत हप्ताको तुलनामा यो साता कर्मचारी अभावका कारण रोकिएका वा ढिला भएका उडानहरूको सङ्ख्या निकै घटेर ९ मा झरेको छ, जुन ८ नोभेम्बरमा दर्ता गरिएको ८१ को तुलनामा निकै कम हो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
