अमेरिकामा राष्ट्रपतिको हत्या र हत्या प्रयासको इतिहास: कोही मुस्किलले बचे, ४ जनाको हत्या



प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

अमेरिकामा राष्ट्रपतिको हत्या र हत्या प्रयासको इतिहास: कोही मुस्किलले बचे, ४ जनाको हत्या

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शनिबार हत्या प्रयास भयो । तर अमेरिकी इतिहासमा यस्तो प्रयास पहिलो भने होइन । अमेरिकी राष्ट्रपति, पूर्व राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवारहरूलाई लक्षित गरी राजनीतिक हिंसाका धेरै घटनाहरू भएका छन्।

अब्राहम लिंकन

अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनलाई १४ अप्रिल १८६५ मा जोन विल्क्स बुथले गोली हानेको थियो । त्यतीबेला उनी पत्नी मेरी टोड लिंकनका साथमा वाशिंगटनको थिएटरमा कमेडीको विशेष प्रदर्शन हेर्दै थिए । लिंकनलाई टाउकोको पछाडि गोली लागेपछि उपचारको लागि थिएटरबाट सडक पारी भएको घरमा लगियो। भोलिपल्ट बिहान उनको मृत्यु भयो। बुथलाई २६ अप्रिलमा भर्जिनियाको बॉलिङ ग्रीन नजिकैको गोदाममा लुकेको फेला पारेपछि गोली हानेर मारिएको थियो ।

जेम्स गार्फिल्ड

अमेरिकाका २० औं राष्ट्रपति जेम्स गार्फिल्डको कार्यभार सम्हालेको छ महिनापछि हत्या भएको थियो । उनी हत्या हुने दोस्रो अमेरिकी राष्ट्रपति थिए। उनी जुलाई २, १८८१ मा वाशिंगटनको एक रेल स्टेसनबाट न्यू इङ्गल्याण्डको लागि ट्रेन समात्न हिंड्दै थिए । त्यहीबेला उनलाई चार्ल्स गुइटुले गोली हानेको थियो । टेलिफोन आविष्कारक अलेक्ज्याण्डर ग्राहम बेलले गारफिल्डको छातीमा लागेको गोलीलाई राष्ट्रपतिका लागि डिजाइन गरेको उपकरण प्रयोग गरेर फेला पार्न असफल प्रयास गरेका थिए । घाइते राष्ट्रपति धेरै हप्तासम्म ह्वाइट हाउसमा सुते तर सेप्टेम्बरमा न्यू जर्सी शोरमा लगिएपछि उनको मृत्यु भयो। उनले ६ महिना कार्यभार सम्हालेका थिए । गोली चलाउनेलाई जुन १८८२ मा मृत्युदण्ड दिइएको थियो।

अमेरिकामा राष्ट्रपतिको हत्या र हत्या प्रयासको इतिहास: कोही मुस्किलले बचे, ४ जनाको हत्या

विलियम म्याकिन्ले

अमेरिकाका २५ औं राष्ट्रपति विलियम म्याकिन्लेलाई ६ सेप्टेम्बर १९०१ मा न्यूयोर्कको बफेलोमा भाषण दिएपछि गोली हानिएको थियो। उनी रिसिभिङ लाइनबाट गुज्रिरहेका मानिसहरूसँग हात मिलाउँदै गर्दा एक व्यक्तिले उनको छातीमा दुईवटा गोली हानेको थियो । डाक्टरहरूले म्याककिन्ली निको हुने आशा गरेका थिए तर गोलीको घाउ फैलिएपछि उनको मृत्यु भयो । म्याककिन्लेको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि सेप्टेम्बर १४, १९०१ मा मृत्यु भयो। डेट्रोइट निवासी २८ वर्षीय लियोन दोषी ठहर भएपछि अक्टोबर २९, १९०१ मा इलेक्ट्रिक कुर्सीमा राखेर मृत्युदण्ड दिइयो ।

फ्रान्कलिन रुजवेल्ट

अमेरिकामा राष्ट्रपतिको हत्या र हत्या प्रयासको इतिहास: कोही मुस्किलले बचे, ४ जनाको हत्या

अमेरिकाका ३२ औं राष्ट्रपति फ्रान्कलिन रुजवेल्ट राष्ट्रपति निर्वाचित भएपछि मायामीमा खुला कारको पछाडिबाट भाषण दिइरहेका बेला उनीमाथि आक्रमण प्रयास भयो । फेब्रुअरी १९३३ मा भएको घटनामा शिकागोका मेयर एन्टोन सेर्माकको हत्या भयो भने रुजवेल्ट घाइते भएनन्। गुइसेप्पे जांगारालाई गोलीकाण्डमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएको थियो।

ह्यारी एस ट्रुमन

अमेरिकाका ३३ औं राष्ट्रपति ह्यारी एस ट्रुमन नोभेम्बर १९५० मा ट्रुम्यान ह्वाइट हाउसबाट सडक पार रहेको ब्लेयर हाउसमा बसिरहेका थिए । त्यहीबेला दुई बन्दुकधारी भित्र पसे । ट्रुमन घाइते भएनन् तर ह्वाइट हाउसका एक प्रहरी मारिए भने एक आक्रमणकारीको पनि मृत्यु भयो । ह्वाइट हाउसका अन्य दुई प्रहरी घाइते भए । आक्रमणकारीलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् १९५२ मा ट्रुमनले मृत्युदण्डको सजाय बदलेर आजिवन कारावास बनाइदिए । सन् १९७९ मा राष्ट्रपति जिम्मी कार्टरले आक्रमणकारीलाई जेलबाट रिहा गरे ।

जोन एफ केनेडी

३५ औं राष्ट्रपति जोन एफ केनेडी २२ नोभेम्बर १९६३ मा पत्नी ज्याक्लिन केनेडीसँग डलासको भ्रमण गर्दा बन्दुकधारीले गोली हानेको थियो। केनेडीलाई पार्कल्याण्ड मेमोरियल अस्पतालमा लगियो, जहाँ उनको तुरुन्तै मृत्यु भयो। हत्याको केही घण्टापछि टेक्सास स्कूल बुक डिपोजिटरी नजिकैको भवनमा प्रहरीले आक्रमणकारी ली हार्वे ओसवाल्डलाई पक्राउ गर्यो। दुई दिन पछि ओसवाल्डलाई प्रहरी मुख्यालयबाट काउन्टी जेलमा लगिँदै गर्दा डलास नाइटक्लबका मालिक ज्याक रुबीले ओसवाल्डलाई गोली हानेका थिए ।

जेराल्ड फोर्ड

अमेरिकाका ३८ औं राष्ट्रपति जेराल्ड फोर्डमाथि १९७५ मा केही दिनको अन्तरमा २ पटक हत्या प्रयास भयो । तर उनलाई कुनै पनि घटनामा चोट लागेन। क्यालिफोर्नियाका गभर्नरसँग साक्रामेन्टोमा भेट्न जाँदै गर्दा उनीमाथि पहिलोपटक आक्रमण प्रयास भयो । केही दिनपछि सान फ्रान्सिस्कोको एक होटल बाहिर फोर्डमाथि गोली प्रहार भयो । तर आक्रमणकारी चुकेपछि फोर्ड बच्न सफल भए । दोस्रो शटको प्रयास गर्दा एक दर्शकले आक्रमणकारीको हात समाते ।

रोनाल्ड रेगन

अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनमाथि वाशिंगटन डीसीमा भीडबाट जोन हिन्क्ले जूनियरले गोली हानेको थियो। रेगन मार्च १९८१ को गोलीकाण्डबाट बाँच्न सफल भए । उनका प्रेस सेक्रेटरी जेम्स ब्रैडी सहित अन्य तीन जनालाई गोली लागेको थियो । रेगनलाई गोली हान्ने व्यक्ति मानसिक समस्या भएको पाइएपछि मानसिक अस्पतालमा राखिएको थियो। २०२२ मा हिन्क्लीलाई अदालतको निरीक्षणबाट मुक्त गरिएको थियो । एक न्यायाधीशले उनी आफू वा अरूको लागि खतरा नभएको ठहर गरेका थिए ।

जर्ज डब्ल्यू बुश

अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज डब्ल्यू बुश जर्जियाका राष्ट्रपति मिखाइल साकाशभिलीसँग २००५ मा टिबिलिसीमा भएको र्‍यालीमा भाग लिइरहेका बेला उनीमाथि हाते ग्रेनेड प्रहार भएको थियो। दुवै जना बुलेटप्रुफ ब्यारियरको पछाडि थिए जब कपडामा बेरिएको ग्रेनेड लगभग १ सय फिट टाढा खसेको थियो। ग्रेनेड विस्फोट भएन । र कसैलाई चोटपटक लागेन। घटनामा भ्लादिमिर अरुट्युनियनलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।

थियोडोर रुजवेल्ट

राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति थियोडोर रुजवेल्टलाई सन् १९१२ मा मिलाउकीमा चुनावी अभियानका क्रममा गोली प्रहार गरिएको थियो । रुजवेल्टले यसअघि दुई कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरेका थिए र तेस्रो पटकका लागि चुनावी दौडमा थिए । रुजवेल्टको खल्तीमा रहेका फोल्ड गरिएका कागजहरू र धातुको चश्माको खोलले गोली छेकेको थियो । जसका कारण उनलाई गम्भीर चोट लागेन। आक्रमणकारी जोन श्राङ्क पक्राउ परे र बाँकी जीवन मानसिक अस्पतालमा बिताए।

रोबर्ट एफ केनेडी

राष्ट्रपति उम्मेदवार रोबर्ट एफ केनेडीको लस एन्जलस होटलमा हत्या गरिएको थियो । उनी डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारी खोज्दै थिए । सन् १९६८ मा क्यालिफोर्निया प्राइमरी जितेर विजयी भाषण दिए पछि उनको हत्या भयो । केनेडी राष्ट्रपति जोन एफ केनेडीका भाइ थिए, जसको पाँच वर्षअघि हत्या भएको थियो। घटनामा गोली लागेर अन्य पाँच जना घाइते भएका थिए । सिरहान सिरहानलाई फर्स्ट डिग्री हत्याको दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो। त्यो पछि आजिवन कारावासमा परिणत भयो । गत वर्ष रिहाइको लागि उनको याचिका अस्वीकार भएको थियो ।

जर्ज सी वालेस

राष्ट्रपति पदका उम्मेदवार जर्ज सी वालेस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि चुनावी अभियानमा भएको बेला १९७२ मा मेरील्याण्डमा गोली हानिएको थियो । घटनाले उनलाई कम्मरबाट तल पक्षाघात भयो। अलाबामाका गभर्नर वालेस आफ्नो पृथकतावादी विचारका लागि परिचित थिए, जसलाई उनले पछि त्यागे। आर्थर ब्रेमरलाई गोलीबारीमा दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो। उनी २००७ मा रिहा भएका थिए ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School