अमेरिकामा रहेका करिब २ लाख युक्रेनी शरणार्थी कानुनी संकटमा, निर्वासनको जोखिम



प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार

अमेरिकामा रहेका करिब २ लाख युक्रेनी शरणार्थी कानुनी संकटमा, निर्वासनको जोखिम

अमेरिकामा बसेका करिब २ लाख युक्रेनी शरणार्थी हाल कानुनी संकटमा परेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ढिलाइका कारण पूर्व राष्ट्रपति जो बाइडेनले २०२२ मा सुरू गरेको मानवीय कार्यक्रमअन्तर्गत प्राप्त बसाइ नवीकरण नहुँदा उनीहरू निर्वासनको जोखिममा पुगेका हुन्।

बुचाकी ३५ वर्षीया कात्रिना गोलिज्द्राको कानुनी अनुमति मे महिनामा सकिएसँगै उनी काम गुमाउन, बीमा खोसिन र देशनिकाला जोखिममा पर्न बाध्य भएकी छन्। फोर्ट लडरडेलको रिट्ज–कार्लटनमा वार्षिक ५० हजार डलर कमाउने व्यवस्थापकको पदसमेत छोड्नुपरेको उनले बताइन्। स्वास्थ्य बीमा गुमेपछि उनी कलेजोसम्बन्धी उपचारबाट पनि वञ्चित भएकी छन्।

मानवीय कार्यक्रमअन्तर्गत अमेरिकामा प्रवेश पाएका करिब २६०,००० युक्रेनीमध्ये ठूलो संख्या नवीकरण प्रक्रियामा अड्किएको छ। अमेरिकी सरकारी तथ्यांक अनुसार २०२५ मार्च ३१ सम्म करिब २ लाखजनाको कानुनी स्थिति जोखिममा परेको छ। ढिलाइले प्रभावित जनसङ्ख्या यसअघि सार्वजनिक गरिएको थिएन।

ढिलाइका कारण विद्यार्थी, टेक कर्मचारी, शिक्षकदेखि वित्तीय योजनाकारसम्मले रोजगारी र कार्य अनुमति दुवै गुमाएका छन्। असर झेलिरहेका धेरैले बचत खर्च गर्न, ऋण लिन अथवा राहत खोज्न बाध्य भएको बताएका छन्। केहीले घरबाहिर ननिस्कने, त केहीले क्यानडा, युरोप वा दक्षिण अमेरिकातिर जान विवश भएको बताएका छन्।

अमेरिकामा रहेका करिब २ लाख युक्रेनी शरणार्थी कानुनी संकटमा, निर्वासनको जोखिम

युक्रेन फर्किनु धेरैका लागि खतरा बनेको छ। गोलिज्द्राको बुचास्थित घर २०२२ मा रुसको आक्रमणपछि जलेर नष्ट भएको थियो। बुचामा सयौँ नागरिक मृत फेला परेका थिए।

गोलिज्द्रा भन्छिन्, “छ महिनादेखि म लगातार तनाव र त्रासमा छु। यदि अमेरिकाबाट जानै पर्‍यो भने फेरि जीवन सुरु गर्नुपर्नेछ।”

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment