अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी



प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी

अमेरिकामा यौन दुव्र्यहारको अभियोगमा २० बर्षका दिपक फुयाल र १९ बर्षका सुजन तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी गरिएको छ । मिनेसोटा कलेजमा अध्ययनरत विद्यार्थीमाथि यौन दुब्र्यबहारको आरोपमा उनीहरुविरुद्ध वारेन्ट जारी गरिएको हो ।

२० वर्षीय दीपक फुयाललाई फर्स्ट र थर्ड डिग्री आपराधिक यौन आचरणका साथै फर्स्ट डिग्रीलाई आपराधिक यौन आचरणमा सहयोग गरेको अभियोग लगाइएको छ ।

१९ वर्षीय सुजन तामाङले आपराधिक यौन दुव्र्यवहारलाई सहयोग गर्ने र दुरुत्साहन गर्ने दुईवटा मुद्दा र चौथो डिग्रीको एउटा मुद्दाको सामना गर्नुपरेको छ।

अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी

अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी

यी दुई पुरुषहरूमाथि सेन्ट क्लाउडको फर्स्ट एभिन्यू साउथमा एक छात्रालाई उनको छात्रावासको कोठामा जबरजस्ती लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

महिलाले घटनाबारे रिपोर्ट गरेपछि सार्वजनिक सुरक्षा अधिकारीले फुयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेको उजुरीमा उल्लेख छ। उनीहरू कथित रूपमा छात्रावासको लबीमा ह्याङ्ग आउट गरेको निगरानी भिडियोमा देखिएको छ ।

घटनाको केही घण्टापछि दीपक फुयालले इन्स्टाग्रामबाट उनको अवस्था जाँच गर्न सन्देश पठाएको जनाइएको छ । दुबै जनाले प्रहरीसँगको अन्तर्वार्तामा संलग्नता अस्वीकार गरेका थिए ।

पीडितको स्वास्थ्य परीक्षणका क्रममा लिइएको डीएनए नमूनामा दुवैको नतिजा मिलेको उजुरीमा उल्लेख छ । दुबै पुरुषहरूले मिनेसोटा छोडेका र तिनीहरूको ठेगाना अज्ञात रहेको जनाइएको छ ।





Source link

Leave a Comment