अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने स्थायी नियम फेडरल रजिष्ट्ररमा



प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने स्थायी नियम फेडरल रजिष्ट्ररमा

युएससीआइृएसले अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने स्थायी नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरिएको छ । युएससीआइृएसले  वर्क परमिटको स्वत: विस्तार अवधि १८० दिनबाट ५४० दिनसम्म स्थायी रूपमा बढाउने अन्तिम नियम घोषणा गरेको हो । यो नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ ।

गत अप्रिल ८ मा   फेडरल रजिष्ट्ररमा प्रकाशित  अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो । उक्त नियमको म्याद सेप्टेम्बर २०, २०२७ मा सकिने तय भएकोमा अब त्यसैलाई आजदेखि स्थायी बनाइएको हो । यस्तै नियम सन् २०२२ को मे ४ मा पनि ल्याइएको थियो । उक्त नियम पनि अस्थायी अन्तिम नियम भएकाले अक्टोबर २०२५ सम्मकोमात्र म्याद थियो ।

योग्य गैर नागरिकहरूका लागि वर्क परमिटमा पहुँचलाई सुव्यवस्थित र आधुनिकीकरण यो नियम ल्याएको युएससीआईएसले जनाएको छ । वर्क परमिटको प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाएको अवस्थामा ल्याइएको यो नियमले आवेदकहरुलाई थप राहत प्रदान गरेको छ । यो नियमले पहिले नै वर्क परमिट प्राप्त गैर नागरिकहरूलाई पेन्डिङ वर्क परमिट नवीकरणको प्रतिक्षा गरिरहँदा वर्क परमिट ल्याप्स हुनबाट जोगाउनुका साथै गरिरहेको काममा निरन्तरता सुनिश्चित गर्दछ ।

स्थायी अन्तिम नियम फेडरल रजिस्टरमा प्रकाशन भएको ३० दिनपछि २०२५ जनवरी १३ मा लागू हुनेछ । यस परिवर्तनले समस्याको दीर्घकालीन समाधान प्रदान गरी योग्य व्यक्तिहरूलाई आफ्नो रोजगारी कायम राख्न र अर्थतन्त्रमा कुनै अवरोध बिना योगदान गर्न सुनिश्चित गर्नेछ।

यो नियम नल्याएको भए झण्डै ८ लाख एसाइलम स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु र ग्रिनकार्ड आवेदकहरु नविकरण आवेदन गरिएको वर्क परमिट नआउँदा र आफूसँग भएको म्याद सकिएको वर्क परमिटका कारण काम गुमाउने जोखिममा पर्ने सम्भावना थियो । जसमाबाट ६० देखि ८० हजार रोजगारदाताले कामदार गुमाउने सम्भावना थियो ।

सामान्यतया वर्क परमिटको अवधि स्वीकृत परोल अवधिसम्म कायम रहने भएतापनि यो नियमले परोलको अपधि भने थप गर्दैन । जसको अर्थ कोही व्यक्तिले ५४० भन्दा अगाडि नै अमेरिकामा काम गर्ने अधिकार गुमाएको खण्डमा स्वत थपिएको अवधि उसको हकमा पूरै दिन लागु हुँदैन ।





Source link

Leave a Comment