अमेरिकामा मानिसको मासु खाने परजीवीको पहिलो संक्रमण पुष्टि, सबैभन्दा बढी जोखिममा को-को छन् ?



प्रकाशित मिति : भाद्र ९, २०८२ मंगलबार

फोटो : बेल सान्चेज/ओपनभर्स

अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवीको संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यो परजीवीले जिवित जनावर वा मानिसको मासुमा छिद्र गरी लार्भा राख्छ। लार्भाले मासु खाँदा गम्भीर घाउ बनाउने र कहिलेकाहीं मृत्यु समेत हुन सक्छ।

यो संक्रमण एल साल्भाडोरबाट अमेरिका फर्किएका एक व्यक्तिमा देखिएको हो। स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले पुष्टि गर्दै यो संक्रमण अगस्ट ४ मा देखिएको जानकारी दिएको थियो।

अमेरिकामा मानिसको मासु खाने परजीवीको पहिलो संक्रमण पुष्टि, सबैभन्दा बढी जोखिममा को-को छन् ?

अमेरिकामा मानिसको मासु खाने परजीवीको पहिलो संक्रमण पुष्टि, सबैभन्दा बढी जोखिममा को-को छन् ?

‘एनडब्ल्यूएस मायियासिस’ भनेको परजीवी माखीको लार्भाबाट हुने मासु खाने संक्रमण हो । यो परजीवी मुख्यत: पशुधनमा असर गर्छ। माखीले घाउ वा खुला चोटमा अण्डा राख्छ। अण्डाबाट लार्भा बाहिर आउँछन् र मासु खाँदै बढ्छन्।

यसले संक्रमित भागमा गम्भीर दुखाइ, घाउको फैलावट, संक्रमण र कहिलेकाहीं मृत्यु पनि निम्त्याउन सक्छ।

मानव स्वास्थ्यमा यसको जोखिम हाल “धेरै कम” रहेको बताइएको छ। सीडीसीले मेरिल्यान्ड स्वास्थ्य मन्त्रालयसँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ।

एचएचएसका प्रवक्ता एन्ड्र्यु निक्सनका अनुसार, यो अमेरिकामा पहिचान भएको पहिलो मानव यात्रासम्बन्धी एनडब्ल्यूएस मायियासिसको घटना हो। यो परजीवी प्रायः दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा पाइन्छ।

पूर्व-उत्तर फैलावट रोक्न प्रयास गरिए पनि अब मेक्सिकोसमेत सबै मध्य अमेरिकी देशहरू यसबाट प्रभावित छन्।

अमेरिकामा मानिसको मासु खाने परजीवीको पहिलो संक्रमण पुष्टि, सबैभन्दा बढी जोखिममा को-को छन् ?

जोखिममा को-को छन् ?

खुला घाउ भएका मानिसहरू यस संक्रमणको उच्च जोखिममा पर्छन्।

ग्रामीण क्षेत्रमा पशुपालन वा सोसँग सम्बन्धित काम गर्ने वा यात्रा गर्ने व्यक्तिहरूलाई पनि बढी जोखिम हुन्छ। घाउ वा चोटमा सुईले छेद गरेको जस्तो दुखाइ हुनु,घाउ वरिपरि रातो र सुन्निने,लार्भा देखिनु वा हलचल महसुस हुनु यस रोगका लक्षणहरु हुन ।

यूएसडीएका अनुसार माखीको लार्भा जीवित जनावरको मासुमा पसेर गम्भीर र कहिलेकाहीँ घातक क्षति पुर्‍याउँछ। यो परजीवीले पशुधन, पाल्तु जनावर, वन्य जनावर, कहिलेकाहीँ चराचुरुङ्गी र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण गर्न सक्छ।

यदि पशुधनमा यसको महामारी फैलियो भने अमेरिकाको गाई-पशुधन उद्योगमा १०० बिलियन डलरसम्मको आर्थिक असर हुन सक्ने चेतावनी दिइएको छ।





Source link

Leave a Comment