अमेरिकामा बेरोजगारी भत्ता लिनेको संख्या बढ्यो, अझै बेरोजगारी दर बढ्ने संकेत



प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

अमेरिकामा बेरोजगारी भत्ता लिनेको संख्या बढ्यो, अझै बेरोजगारी दर बढ्ने संकेत

अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेहरूको सङ्ख्या मध्य सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म उल्लेखनीय रूपमा बढेको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ। अनिश्चित आर्थिक परिस्थितिले गर्दा रोजगारीमा सुस्ती बढ्दै जाँदा अक्टोबरमा बेरोजगारी दर उच्च रहने सम्भावना रहेको छ । 

श्रम विभागले अक्टोबर ११ र १८ मा समाप्त भएका हप्ताको ‘कन्टिनुइङ क्लेम्स’ मात्र सार्वजनिक गरेको छ। यीनै हप्तामा सरकारी सर्वेक्षणका आधारमा अक्टोबरको रोजगार प्रतिवेदन तयार हुने थियो। तर, प्रविधिगत त्रुटिका कारण आंशिक तथ्याङ्क समय अगावै सार्वजनिक भएको श्रम विभागले बताएको छ। पूरा तथ्याङ्क नोभेम्बर २० भित्रै उपलब्ध हुने जनाएको छ।

४३ दिन लामो ऐतिहासिक सरकारी शटडाउनका कारण सेप्टेम्बर अन्त्ययता बेरोजगारीसम्बन्धी आधिकारिक साप्ताहिक तथ्याङ्क प्रकाशित हुन सकेको थिएन । शटडाउनकै प्रभावले अक्टोबरको बेरोजगारी दर समेत समयमै प्रकाशित हुन नसक्ने ह्वाइट हाउसले चेतावनी दिएको छ।

अक्टोबर १८ मा समाप्त हप्तामा बेरोजगारी भत्ता लिनेहरूको सङ्ख्या १० हजारले बढेर १ दशमलव ९५७ मिलियन पुगेको छ, जुन सेप्टेम्बर १३ को १ दशमलव ९१६ को तुलनामा उल्लेखनीय वृद्धि हो। यसले श्रम बजारमा सुस्ती बढ्दै गएको सङ्केत दिएको छ।

अमेरिकामा बेरोजगारी भत्ता लिनेको संख्या बढ्यो, अझै बेरोजगारी दर बढ्ने संकेत

एडिपीले प्रकाशित गरेको छुट्टै प्रतिवेदनअनुसार अक्टोबर १ सम्मका चार हप्तामा निजी क्षेत्रका नियोक्ताहरूले हप्तामा औसत २५०० रोजगारी कटौती गरेका थिए।

यसैबीच, श्रम सांख्यिकी ब्यूरोले ढिलाइ भएको सेप्टेम्बर रोजगारी प्रतिवेदन बिहीबार सार्वजनिक गर्ने जनाएको छ। अगस्टमा बेरोजगारी दर ४ दशमलव ३ प्रतिशत पुगेको थियो, जुन करिब चार वर्षकै उच्च हो।

अर्थशास्त्रीहरूले भने पहिलो पटक दर्ता हुने बेरोजगारी दाबीहरू स्थिर रहनु श्रम बजार अत्यधिक कमजोर नभएको सङ्केत भएको बताएका छन्। “शटडाउनका क्रममा व्यापक रूपमा फैलिएका ठुलो मात्रामा कटौती भएको दाबीहरूलाई यो तथ्याङ्कले समर्थन गर्दैन,” हाई फ्रिक्वेन्सी इकोनोमिक्सका प्रमुख अर्थशास्त्री कार्ल वेनबर्गले भने। 

फेडरल रिजर्भ अधिकारीहरूले पनि आगामी महिना ब्याजदर फेरि घटाउन अनिच्छा देखाउँदै आएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment