प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका पूर्व विद्यार्थीलाई हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
सन् २०२२ मा क्याम्पसमा तीन फुटबल खेलाडीको हत्या र दुई विद्यार्थीलाई घाइते बनाएको अभियोगमा भर्जिनिया विश्वविद्यालयका पूर्व विद्यार्थी क्रिस्टोफर डारनेल जोन्सलाई आजीवन कारावास सजाय सुनाइएको हो ।
पाँच दिनसम्म चलेको सुनुवाइपछि न्यायाधीश चेरेल हिगिन्सले जोन्सलाई आजीवन कारावासको सजाय सुनाएकी हुन । जोन्स गत वर्ष नै दोषी ठहर भएका थिए ।
विद्यार्थीहरू वासिंगटन डीसीमा नाटक हेरेर र रातिको खाना खाएर विश्वविद्यालय फर्किरहेको बेला बसमै जोन्सले उनीहरुमाथि गोली चलाएका थिए ।
जोन्स केही समय फुटबल टोलीमा थिए । तर उनको गोली हानिएका खेलाडीहरूसँग परिचयन थिएन ।
घटनाअघि उनले आफैंले ‘नर्क जाने’ वा ‘१०० वर्षभन्दा बढी जेल खाने’ जस्ता सन्देशहरू पठाएका थिए।
गोलीकाण्डपछि उनले कपडा र हतियार फ्याँकेर प्रहरीलाई झूट बोलेका थिए।
घटनाको केही दिनमै विश्वविद्यालय नेतृत्वले क्याम्पस सुरक्षा नीतिहरू, प्रतिक्रियात्मक तयारी, तथा जोन्ससँग सम्बन्धित जोखिम मूल्यांकनबारे बाह्य छानबिनको माग गरेको थियो ।
विश्वविद्यालयले गत वर्ष पीडित र परिवारहरूसँग ९ मिलियन डलर क्षतिपूर्ति सम्झौता गरेको थियो ।
जोन्सले सजाय सुनाइने दिन १५ मिनेट भावुक हुँदै अदालतलाई सम्बोधन गर्दै आफूले पिडा दिएकोका लागि क्षमा मागेका थिए ।
हत्याबाट बचेका अर्का खेलाडी माइकल हॉलिन्सले सजायपछि प्रतिक्रिया दिँदै न्याय केही हदसम्म भएजस्तो लागेको बताए ।
अमेरिकामा गोलीकाण्ड गम्भीर सामाजिक समस्या बनेको छ । हरेक वर्ष गोलीकाण्डका सयौँ घटना हुने गरेका छन । विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल, मनोरञ्जन स्थलदेखि धार्मिक स्थानसम्म गोलीकाण्डले प्रभावित पार्ने गरेको छ ।
सजिलै हतियार प्राप्त हुने व्यवस्था,मानसिक स्वास्थ्यसम्बन्धी समस्या,सामाजिक असन्तुष्टि तथा हिंसात्मक प्रवृत्ति,समुदाय स्तरमा सुरक्षाको कमजोरी जस्ता पक्षहरू गोलीकाण्डमा जोडिने गरिन्छ ।
अमेरिकी कांग्रेसले कडाइका लागि वर्षौँदेखि छलफल गर्दै आए पनि संघीयस्तरमा व्यापक सुधार गर्न कठिन भइरहेको छ । केही राज्यहरूले कडा हतियार नियन्त्रण नीति लागू गरे पनि अन्य राज्यहरूमा नियम निकै खुकुला छन् । जसले समस्यालाई झनै जटिल बनाएको छ।
गोलीकाण्डका कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउने, घाइते हुने तथा मानसिक आघात भोग्ने गरेका छन् । यसले अमेरिकी समाजमा सुरक्षा, नीति, शिक्षा र सामुदायिक स्वास्थ्यबारे निरन्तर बहस जन्माइरहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
